असोज ३, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान संविधानको कार्यान्वयनमा एकजुट हुन सबैमा आग्रह गरेकी छिन् । राष्ट्रपति भण्डारीले देशवासीको नाममा सन्देश दिँदै लोकतन्त्रको जगेर्ना र राष्ट्रिय हित, एकता र समृद्धितर्फ मन, वचन र कर्मले लाग्न देशका सबै राजनीतिक दल र सम्पूर्ण नेपालीलाई समर्पित हुन आब्हान गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले नेपाली जनताको बलिदान र प्रतीक्षापछि संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान आजकै मिन गत अकोव ३ गते प्राप्त भएको भन्दै आजको बिशेष दिनमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, सहकार्य एवम् आपसी सद्भाव कायम हुन सकोस् भनी शुभकामना व्यक्त गरिन् ।