2026-06-19 02:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्रालय जिम्मेवारीमा मुख्यमन्त्री यादवले विश्वासघात गरे : मन्त्री कुशवाहा

माघ १३, काठमाडौँ | मधेस प्रदेशका नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बसन्त कुशवाहाले आफूले पाउने मन्त्रालयको टुंगो लागे पनि मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासघात गरेको प्रतिक्रिया दिएका छन् ।

मन्त्री कुशवाहाले मुख्यमन्त्री यादवले दलहरूको संयुक्त छलफलबाट तीनैजना विनाविभागीय मन्त्रीलाई मन्त्रालय बाँडफाँट गरेर त्यसको तयारीमा रहेको अवस्थामा मन्त्रालयको विषयमा औपचारिक पत्रमा आफूले अलग मन्त्रालयको जिम्मेवारी पाउनु दुर्भाग्यपूर्ण रहेको बताएका हुन् । 


उनले भने, ‘छलफलबाट मैले सामाजिक विकास मन्त्रालय पाउने सहमति भइसकेको थियो । सोहीअनुरूप त्यसको अध्ययन र भावी रणनीतिका लागि तयारी पनि गरिसकेको थिएँ । तर, दुई सातापछि मलाई अलग्गै मन्त्रालय दिइएको छ ।’

हुन त जनमतले कृषि मन्त्रालय पनि मागेकोले आफूले यो मन्त्रालय पनि सहर्ष स्विकार गरेको कुशवाहाले बताए । आफूहरूको सामाजिक विकास मन्त्रालयप्रतिको दाबी अहिले पनि जारी नै रहेको र नदिएको खण्डमा सरकारमा रहने या नरहने कुरा पार्टीले छलफल गर्ने उनले बताए ।  

मन्त्री कुशवाहाले किसानको हितका लागि आफ्नो पार्टीले विगतमा आन्दोलन पनि गरेको र अहिले पनि जारी रहेको अवस्थामा आफ्नो पहिलो प्राथमिकता ती बुँदाहरुलाई कार्यान्वयन गर्नु रहेको बताए । किसान आन्दोलनमा उठान गरिएका मुद्दाहरूलाई अक्षरशः पालना गर्न र गराउनका लागि संघीय मन्त्रालयसँग पनि कुराकानी गरी कार्यान्वयन गराएर छाड्ने उनले प्रतिवद्धता जनाए । 

उनले भने, ‘म काम गर्ने व्यक्ति हुँ । हुनसक्छ कार्यालय समयमा मैले कसैको फोन पनि उठाउन सक्दिन । तर, जनतालाई जनमत पार्टीले गरेको प्रतिवद्धता पूरा गराउन हरदम तयार रहने छु ।’

मन्त्री कुशवाहाले वीरगञ्जमा व्यापक मल रहेको कुरा आफूलाई थाहा भएको र सो मल प्रदेशभरिका किसानलाई उपलब्ध गराउनका लागि पहल सुरु गरेको समेत बताए । पदभार ग्रहण गर्दै उनले किसानलाई मल उपलब्ध गराउनु आफ्नो पहिलो प्राथमिकता रहने बताए ।  

मुख्यमन्त्री यादवसँगै २९ पुसमा विनाविभागीय मन्त्रीको रूपमा शपथ लिएका कुशवाहाले यसअघि सामाजिक विकास मन्त्रालय पाउने पक्कापक्की भएको भन्दै सोहीअनुसार क्वाटर पनि प्रयोग गर्न थालेका थिए ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी