२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीको भारत भ्रमण अन्तर्राष्ट्रिय मामिलालाई कमजोर पार्ने प्रयास

२०७३, ३ आश्विन सोमबार ११:२१

असोज ३, भक्तपुर । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तर्राष्ट्रिय मामिलालाई कमजोर पार्ने प्रयास गरेको  बताएका छन् । 

संविधान दिवसका अवसरमा युवा सङ्घ नेपाल २ नं क्षेत्रीय कमिटी भक्तपुरले आज थिमिमा आयोजना गरेको शुभकामना एवम् कार्यकर्ता भेलामा पूर्वप्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय मामलामा भारतको पछि लाग्छौँ भन्नु गलत भएको बताए । 

जनताका लागि नभई छिमेकी मुलुकलाई खुसी पार्न संविधान संशोधन गर्ने कार्य कदापि नहुने जिकिर गर्दै उनले संविधान कार्यान्वयन गर्ने अघिल्लो सरकारको कार्यतालिका कहाँ गयो भनी प्रश्न गरे । संविधान कार्यान्वयन गर्न नदिने षड्यन्त्र भइरहेकामा खबरदारी गर्दै ओलीले भने – “९२ प्रतिशत जनप्रतिनिधिले हस्ताक्षर गरेको संविधान सर्वस्वीकार्य भएन भन्नु गलत हो, छिमेकीले अह्राएका चार जनालाई संविधान मन परेन भन्दैमा संविधान संशोधन हुँदैन ।” 

नेता ओलीले बाहिरबाट आएकाहरुलाई नागरिकता दिएर राष्ट्रपति, प्रधानमन्त्री बनाउन संविधान संशोधन हुन नसक्ने जिकिर गर्दै  भने– “भारतले अरु देशबाट भित्रिएका बुहारीलाई नमान्ने तर नेपालमा भने उताबाट आएकालाई नागरिकता दिएर राष्ट्रपति, प्रधानमन्त्री बनाउने काम हुन सक्र्दैन ।” 

अहिले नेपाली काँग्रेस सिद्धान्त र विचारबाट पलायन भएको आरोप लगाउँदै ओलीले बिपी बाबुको नाम भजाउँदै देश बिगार्ने खेलमा लाग्नुभन्दा देश जोगाउन काँग्रेसलाई सल्लाह दिए । 

कार्यक्रममा पूर्वमन्त्री एवं एमाले पोलिटब्युरो सदस्य अग्निप्रसाद खरेल, पूर्वउद्योगमन्त्री महेश बस्नेत, सांसद केदार सञ्जेल, एमाले केन्द्रीय सदस्य नीरु पाल, युवा सङ्घका केन्द्रीय अध्यक्ष राजीव पहारी र उपाध्यक्ष रमेश पौडेल, युवा सङ्घ नेपाल २ नं क्षेत्रीय कमिटी भक्तपुरका अध्यक्ष रवि श्रेष्ठलगायतले संविधान कार्यान्वयन हुन नदिने षडयन्त्र भए एमालेले आन्दोलन छेड्ने चेतावनी दिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने