2026-06-18 10:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सांसद जेल परेको कैलाली-२ मा उपनिर्वाचन हुन्छ?

माघ २०, कैलाली | कैलाली-२ मा नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधि सभामा निर्वाचित सांसद अरूणकुमार चौधरी कारागार चलान भएका छन्।

ट्याक्टरमा आगजनी गरेको कसुरमा चौधरीलाई कैलाली जिल्ला अदालतले ६ महिना कैद र ८ लाख १८ हजार ४ सय २३ रुपैयाँ पीडितलाई क्षतिपूर्ति तिर्न आदेश दिएको थियो। उनी कारागार चलान भए पनि उक्त क्षेत्रमा उपनिर्वाचन भने हुने छैन। सांसद जेल परेको अवस्थामा स्थान रिक्त नहुने भएकाले कैलाली-२ मा उपनिर्वाचन गर्नु पर्दैन।


संविधानको धारा १०३ को उपधारा ६ ले कुनै पनि सांसद प्रकाउ परे त्यसको सूचना सम्बन्धित सदनमा गराउनुपर्ने व्यवस्था गरेको छ। त्यसअनुसार उनी पक्राउ परेको सूचना प्रतिनिधि सभाको सभामुखले संसदमा दिनुपर्नेछ।‘फौजदारी अभियोगमा कुनै सदस्यलाई संघीय कानून बमोजिम पक्राउ गर्न सकिने र त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरून्त दिनुपर्ने व्यवस्था संविधानमा छ,’ संसद सचिवालयमा कार्यरत कानून तर्फका सहसचिव लक्ष्मीप्रसाद गौतमले भने, ‘संसदले अब यसको सूचना दिनेसम्म हो।’

कारागार चलान भएको कारण उनको पद रिक्त भने हुँदैन। यसअघि २०७४ को निर्वाचनमा निर्वाचित भएका रेशम चौधरीले आफ्नो पूरा कार्यकालको अवधि जेलमा बिताएका थिए। तर अहिले पक्राउ परेका अरूणकुमार चौधरी भने कारागारको अवधि पूरा गरेर संसद बैठकमा सहभागी हुन पाउने छन्। अझ उनले कानूनी सुविधा लिएर कारागार बस्नुपर्ने अवधि समेत छोट्याउन सक्नेछन्।

मुलुकी देवानी कार्यविधि संहिताको दफा १५५ ले १ वर्ष भन्दा कम सजाय भएको र पहिलो पटक कसूरदार ठहरेको व्यक्तिको कसूरको गम्भीरता, कसूर गरेको तरिका, आचरण समेतलाई हेरेर कैद बस्नुपर्ने समय बापतको रकम अदालतले कैद बस्न नपर्ने आदेश दिन सक्ने व्यवस्था छ। चौधरीका वकिलले अदालतमा निवेदन दिएको अवस्थामा उनलाई जिल्ला अदालतले कैद बाहिर बस्नसमेत अनुमति दिनसक्छ। यस्तोमा चौधरीले कैद बस्नुपर्ने अवधिको प्रतिदिन ३ सयका दरले रकम तिर्नुपर्छ। तर कैद छुट भएको व्यक्तिले फेरि कुनै कसुर गरेमा त्यस्तो व्यक्तिलाई अहिले भएको कैद समेत थपेर सजाय हुन्छ।

निर्वाचन आयोगमा कार्यरत सहसचिव गुरू वाग्लेले यस्तो सुविधा विभिन्न कसुरमा छोटो सजाय पाएका व्यक्तिहरूलाई कैद मिनाहा दिन विगतदेखि नै प्रयोग हुँदै आएको बताए।

‘म कास्की जिल्लामा सरकारी वकिल हुँदा पनि कतिपय अदालतले फैसलामार्फत् दोषी ठहर गरिएकाहरूलाई यो सुविधा दिइएको थियो,’ वाग्लेले भने, ‘हाम्रो कानुनले प्रतिदिन ३ सय तिरेर कैद बस्नुपर्ने अवधि बाहिर बस्न मिल्ने सुविधा दिएको छ।’

तर सांसद चौधरीको तर्फबाट अहिलेसम्म कैद बराबरको रकम तिर्नेगरी निवेदन नपरेको कैलाली जिल्ला अदालतका नवराज पाण्डेले बताए।

‘त्यस्तो कुनै निवेदन परेको छैन,’ पाण्डेले भने, ‘निवेदन परेपछि न्यायाधीशले आचरण, कसुरको गाम्भीर्यता लगायतको विषय हेरेर निर्णय गर्नुहुन्छ।’

प्रतिनिधि सभा नियमावली अनुसार कुनै पनि सदस्य कैद बस्ने अवधिभर मात्र निलम्बन हुने व्यवस्था छ। हालको प्रतिनिधि सभाले स्वीकार गरेको २०७४ नियमावलीमा कैद अवधिभर मात्र सांसद निलम्बन हुने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी