2026-06-18 08:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रविको पद खारेज भएपछि आफूलाई विजयी घोषित गर्न माग गर्दै उमेश पुगे निर्वाचन आयोगमा

माघ २२, काठमाडौँ | सर्वोच्च अदालतले चितवन क्षेत्र नम्बर २ बाट चुनाव जितेका रवि लामिछानेको पद खारेज गरिदिएपछि निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठ आज सांसद दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिन पुगेका छन् ।  आयोगमा बिहान साढे ११ बजे सांसद दाबी गर्दै निवेदन दिएका हुन् । उनले आफूलाई विजयी घोषित गर्नुपर्ने माग गरेका छन् । श्रेष्ठले दिउँसो २ बजे ललितपुरस्थित हिमालय होटलमा पत्रकार सम्मेलन गर्ने कार्यक्रमसमेत राखेका छन् ।


सर्वोच्च अदालतको फैसला पछि रवि लामिछानेको सांसद पदसँगै खारेज गरेपछि उपप्रधान एवं गृहमन्त्रीसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि गुमेको थियो । गत आइतबार नागरिकता पुनः प्राप्तिपछि भने उनले रास्वपाको सभापति पाएका थिए । चितवन २ मा उपनिर्वाचन गनुपर्ने बताइरहेका बेला उमेश श्रेष्ठको निवेदनलाई निर्वाचन आयोगले कसरी हेर्छ भन्ने महत्वपूर्ण छ । 

मंसिर ४ गते भएको निर्वाचनमा चितवन २ बाट रविले ४९ हजार ३०० मत पाउँदा उपविजेता बनेका श्रेष्ठले १४ हजार ९८८ मत पाएका थिए । त्यस्तै एमालेका कृष्णभक्त पोख्रेलले १४ हजार ६५२ मत पाएका थिए । राप्रपाका रविन अधिकारीले ९५५ मत ल्याएका थिए । रवि अनधिकृत ठहरिएपछि कांग्रेसका उमेश श्रेष्ठले आफू स्वतः विजेता घोषित हुन पाउनु पर्ने माग गरिरहेका छन् । यसअघि रवि लामिछानेविरुद्ध उम्मेदवारी खारेजीका लागि माग आयोगमा परेको भए पनि आयोगले भने रविलाई बचाएको थियो । 

आयोगले त्यति नै बेला नागरिकता विवादमा कारबाही गरेको भए अहिले यो राजनीतिक अस्थिरता मुलुकले खेप्न पर्ने थिएन । उनीविरुद्ध मंसिर ४ अघि नै उम्मेदवारी खारेजीको उजुरी परेको थियो । राजकुमार पाण्डेले उम्मेदवारी खारेज गर्न माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका थिए । यसमा भने आयोगले कुनै कानूनी प्रक्रिया नै अगाडि बढाएन । अहिले आएर सर्वोच्च अदालतले रविको विपक्षमा फैसला गरेपछि निर्वाचन आयोग पनि नैतिक दबाबमा परेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी