असोज ४, काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण उपलब्धिमूलक भएको निष्कर्ष निकालेको छ । 
"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ४, काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण उपलब्धिमूलक भएको निष्कर्ष निकालेको छ । 
"/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक: माओवादी केन्द्र

४ आश्विन २०७३, मंगलवार ०७:३६

असोज ४, काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण उपलब्धिमूलक भएको निष्कर्ष निकालेको छ । 

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालको निजी निवास लाजिम्पाटमा आज बसेको बैठकमा गत भदौ ३० देखि असोज २ गतेसम्मको प्रधानमन्त्री दाहालको भारत भ्रमणबारे कार्यालयका सदस्यहरुले आआफ्नो धारणा राख्नुभएको प्रवक्ता पम्फा भुसालले जानकारी दिईन । 

उनले भनिन-“हिजो प्रधानमन्त्रीले आफ्नो भ्रमणबारे बैठकलाई जानकारी गराउनुभएको थियो, त्यसमाथि आज सदस्यहरुले आफ्नो धारणा राख्नुभयो ।” 

प्रवक्ता भुसालले भनिन- “भ्रमणले दुई देशबीच र दुई देशका जनताबीचको सम्बन्धलाई मजबुत बनाउन, भूकम्पपछिको पुनःनिर्माणमा भारतको थप सहयोग प्राप्त हुनु र नेपालको संविधानबारे भारतले सकारात्मक धारणा सार्वजनिक गर्नुलाई भ्रमणको मुख्य उपलब्धिका रुपमा बैठकले निष्कर्ष निकालेको छ । 

बैठकमा केही सदस्यहरुले भारत भ्रमणका क्रममा आएको दुई देशको संयुक्त वक्तव्यका केही विवादास्पद बुँदाबारे थप प्रष्ट पार्न आवश्यक रहेको धारणा राखेका थिए । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लडाकु शिविरमा भएको अनियमितताको सम्बन्धमा थालेको अनुसन्धानबारे बैठकमा कुनै छलफल नभएको प्रवक्ता भुसालले जिकिर गरिन् । केन्द्रीय कार्यालयको अर्को बैठक भोलि पनि बस्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’