असोज ४, काठमाडौं । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले दशैंअघि नै संविधान संशोधन प्रक्रिया अघि बढ्ने स्पष्ट पारेका छन् ।

मं"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ४, काठमाडौं । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले दशैंअघि नै संविधान संशोधन प्रक्रिया अघि बढ्ने स्पष्ट पारेका छन् ।

मं"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दशैंअघि नै संविधान संशोधन प्रक्रिया अघि बढ्छ : खनाल

४ आश्विन २०७३, मंगलवार ११:१५

असोज ४, काठमाडौं । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले दशैंअघि नै संविधान संशोधन प्रक्रिया अघि बढ्ने स्पष्ट पारेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै खनालले दशैंअघि नै संविधान संशोधन प्रक्रिया अघि बढ्ने बताएका हुन् । उनले भने,‘दशैंअघि नै संशोधन अघि बढ्छ, संशोधन प्रक्रिया अघि बढाउनकै लागि प्रधानमन्त्रीको अमेरिकाको भ्रमण स्थगित भएको हो ।’

साक्षात्कार कार्यक्रममा खनालले संशोधन प्रस्ताव दर्ता गर्नको लागि मात्रै नभएर यसले निकास दिनेगरि अघि बढाउन सरकार गम्भिर रहेकोले केही समय ढिला भएको स्पष्ट पारे । उनले अघि थपे,‘प्रस्ताव अपरिपक्व नहोस भनेर हामी गम्भिर छौं, दर्ताको लागि मात्रै दर्ता नगरेर हामी संशोधनमार्फत समस्या समाधान होस भन्ने पक्षमा छौं ।’ संविधान संशोधनमा सहमति जुटाउन प्रमुख दलहरुवीच अहिले सघन वार्ता तथा छलफल भैरहेको पनि उनको भनाई थियो ।

प्रधानमन्त्री प्रचण्डको हालै भएको भारत भ्रमणलाई लिएर पक्ष र विपक्षमा भैरहेको बहस सामान्य भएको उनको टिप्पणी थियो । प्रधानमन्त्री भारत जानुअघि जुन जुन विषयमा छलफल भएको थियो भ्रमण त्यही विषयमा केन्द्रित रहेको खनालको दाबी छ ।

प्रधानमन्त्रीको भारत भ्रमसँगै चिसिएको नेपाल–भारत सम्बन्ध सुधार भएको समेत उनको विश्वास छ । उनले अघि थपे,‘चिसिएको सम्बन्ध सुधार भएको छ, र विगतमा भएका द्धिपक्षीय सम्झौताहरुको कार्यान्वयनमा आउनेछ ।’

भारतले नेपालको संविधान कार्यान्वयन गर्दै अघि बढ्न भन्नु नै उसले संविधानको स्वागत गरेको खनालको दाबी थियो । ‘संविधान कार्यान्वयन गर्दै नेपाल अघि बढोस भन्नु नै संविधानको स्वागत हो नि,’ उनले थपे । यद्धपी उनले भारतले निमेलका कुराहरु मिलाउँदै अघि बढ्न समेत आग्रह गरेको बताए ।

उनले मधेशी, जनजाति, थारु, आदिवासी लगायतका मुद्दालाई सम्बोधन गर्नपनि संविधान संशोधन गर्नुपर्छ भन्ने कुरा आफ्नो पार्टीले पहिलेदेखि नै आवाज उठाएको उल्लेख गर्दै जतिसक्दो मिल्ने कुरामा संशोधन गर्न सरकार तयार रहेको बताए । खनालले थपे,‘सबैको अपनत्व भयो र आवाज सम्बोधन भयो भने मुलुकको आन्तरिक राष्ट्रियता पनि बलियो हुन्छ ।’

संविधान दिवसका दिन असन्तुष्ट पक्षहरुले कालोदिवस मनाएर विरोध गरेपनि वार्ता तथा सम्वाद अहिलेपनि जारी रहेको उनले जनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’