३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीले मधेसको समस्या समाधान गर्नुहुन्छ: उपेन्द्र यादव

४ आश्विन २०७३, मंगलवार १२:५८

असोज ४, सोलुखुम्बु । सङ्घीय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसको समस्या समाधान गर्नेमा आफू विश्वस्त रहेको बताएका छन् । 

रिपोर्टर्स क्लब सोलुखुम्बुद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री दाहाल अन्य मुद्दामा बढी केन्द्रित रहेको देखिए पनि मधेस समस्या उहाँबाटै समाधान हुनेमा आफू विश्वस्त रहेको  बताएका हुन् । 

अध्यक्ष यादबले मधेसी नागरिकको समस्या समाधान गर्नु बर्तमान सरकारको पहिलो प्राथामिकता रहेको बताउँदै त्यसका लागि अहिलेसम्म संविधान संशोधनका प्रक्रिया सुरु नहुँदा मधेसी नागरिकमा नैराश्यता छाएको भएपनि अन्ततः यही सरकारले संविधान संशोधन गरी मधेसीको हकअधिकार सुरक्षित गर्ने बिचार व्यक्त गरे । 

संविधानमा संशोधन गरी मधेसको समस्या समाधान नभएसम्म मुलुकमा चुनावको प्रक्रिया सुरु हुनै नसक्ने पनि उनले दावी गरे । यसैगरी सोलुखुम्बुका शेर्पा समुदाय तथा सङ्घीय समाजबादी फोरमका कार्यकर्ताको दुईदिने प्रशिक्षणका क्रममा यादवले शेर्पाको पहिचनयुक्त प्रदेशको स्थापना जसरी पनि हुने बताए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही