२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपराष्ट्रपति पुनः स्वदेश फिर्ता

५ आश्विन २०७३, बुधबार ०६:५८

असोज ५, काठमाडौँ । असंलग्न आन्दोलन (नाम) मा संलग्न मुलुकको १७ औँ शिखर सम्मेलनमा भाग लिन भेनेजुएला जानुभएका उपराष्ट्रपति नन्दबहादुर पुन आज स्वदेश फर्किनुभएको छ । 

भदौ २९ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भेनेजुएला प्रस्थान गर्नुभएका उपराष्ट्रपति पुन आज बिहान स्वदेश फर्किनुभएको हो । 

उपराष्ट्रपति पुनलाई स्वागत गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइली, कृषिमन्त्री गौरीशङ्कर चौधरी, सुरक्षा अङ्गका प्रमुख, मुख्यसचिव र सरकारका वरिष्ठ अधिकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो । 

उहाँको स्वागतमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । 

उपराष्ट्रपति पुनले नाम सदस्य राष्ट्रका सरकार तथा राष्ट्रप्रमुखको यही असोज १ र २ गते मार्गारिता टापुमा भएको उक्त शिखर सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो । 

साथै उहाँ भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरो मोरोसले शिखर सम्मेलनमा सहभागी सरकार तथा राष्ट्रप्रमुखको सम्मानमा आयोजना गर्नुहुने रात्रिभोजमा समेत सहभागी हुनुभएको थियो । 

बैठकमा नेपाली प्रतिनिधिमण्डलका तर्फबाट संयुक्त राष्ट्र सङ्घका लागि नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पौड्यालले नेतृत्व गर्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड