२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानीय निर्वाचनको अन्तिम तयारी भइरहेको छ: प्रधानमन्त्री

२०७३, ५ आश्विन बुधबार ०७:२०

असोज ५, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय निर्वाचनको अन्तिम तयारी भइरहेको  बताएका छन् । 

शान्ति तथा पुनःनिर्माण मन्त्रालयद्वारा आयोजित अन्तर्राष्ट्रिय शान्ति दिवस कार्यक्रममा उनले सबै दलको सहमतिबाट टुङ्गो लगाउने प्रतिबद्धता व्यक्त गर्दै मुलुकको आन्तरिक राष्ट्रिय एकता बलियो बनाउन हिमाल, पहाड र तराईलाई एकताबद्ध गर्नुपर्नेमा जोड दिए । 

प्रधानमन्त्री दाहालले भने– “नेपालको शान्ति प्रक्रिया मौलिक ढङ्गले सुरुवात गरियो । सेना समायोजन, हतियार व्यवस्थापनजस्ता महत्वपूर्ण काम सहज र मौलिक ढङ्गले निष्कर्षमा पु¥यायौँ । अब शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पु¥याउन ढिलाइ गर्नु हुँदैन ।” 

दण्डहीनतालाई प्रोत्साहन दिने नहुनेमा जोड दिँदै प्रधानमन्त्री दाहालले गम्भीर प्रकृतिका अपराधमा संलग्नलाई उन्मुक्ति नदिने प्रतिबद्धता व्यक्त गरे । उनले सङ्क्रमणकालीन न्यायको विश्वव्यापी सिद्धान्तअनुसार समाजमा मेलमिलाप सिर्जना गर्ने गरी शान्ति र पुनःनिर्माणको काम अघि बढ्नेमा विश्वास व्यक्त गरे । 

शान्ति तथा पुनःनिर्माणमन्त्री सीतादेवी यादवले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएलगत्तै मुलुकमा शान्ति व्यवस्थापनका लागि पीडित पक्षलाई आर्थिक सहयोग तथा द्वन्द्व प्रभावितलाई पुनःस्थापनाको कार्य सञ्चालन गर्दै आएको बताए । 

सोही मन्त्रालयका सचिव सुमनप्रसाद शर्माले मन्त्रालयले अहिलेसम्म गरेका गतिविधिका बारे जानकारी गराउँदै मुलुकको दिगो विकास र समृद्धिका लागि शान्ति स्थापना गर्न खाँचो रहेको औँल्याए । 

सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङ र बेपत्ता पारिएको व्यक्तिको खोजबिन आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले शान्ति प्रक्रियालाई सार्थक बनाउन द्वन्द्वपीडितलाई सामाजिक न्याय उपलब्ध गराउनुपर्नेमा जोड दिए । 

यस वर्षको दिवसको नारा ‘दिगो शान्ति राष्ट्र विकासको आधार’ भन्ने रहेको छ । मन्त्रालयद्वारा पाँचथर, सिराह, सिन्धुपाल्चोक, गोर्खा, कैलाली, बाँके र सुर्खेतलाई स्थानीय शान्ति समिति सम्मान गरिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु