१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

यी दुई संघीय सांसद् जसले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने

२४ फाल्गुन २०७९, बुधबार ०९:३३

फागुन २४, काठमाडौँ | राष्ट्रपति निर्वाचनमा दुईजना संघीय सांसद् मतदान गर्नबाट छुट्ने भएका छन् । सांसदद्वय चन्द्र भण्डारी र वर्षमान पुन राष्ट्रपति निर्वाचनमा मतदान गर्नबाट छुट्ने भएका हुन् । नेपाली कांग्रेसका सांसद् भण्डारी र माओवादी केन्द्रका सांसद् पुन विदेशमा उपचाररत छन् । भण्डारी भारतमा र पुन चीनमा उपचारत छन् ।

गत फागुन ४ मा आगलागीमा परी घाइते भएका भण्डारीको अहिले मुम्वइस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ । यस्तै जण्डिसका कारण बिरामी परेका पुनको चीनको बेइजिङस्थित एक अस्पतालमा उपचार भइरहेको छ । भोलि राष्ट्रपति निर्वाचन तोकिएकाले दुवै सांसद् उपस्थित हुने सम्भावना छैन ।


संघीय संसद्का २७५ सांसद्‍मध्ये २७० जनाले मात्रै मतदान गर्नेछन् । सांसद्मा निर्वाचित भएपनि नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निलम्बनमा परेका छन् । यस्तै,राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा सांसद् पद खारेज भएको छ ।  जनता समाजवादी पार्टीकी सांसद् सहनाज रहमानको फागुन १३ गते निधन भएको छ।

प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिकबाट निर्वाचित ११० गरी कूल २७५ जना सांसद छन् । राष्ट्रिय सभामा ५९ जना सांसद् छन् । संघीय संसदमा ३३४ र प्रदेश सभाका ५५० जना गरी ८८१ जना सांसदले राष्ट्रपति र उपराष्ट्रपतिका लागि मतदान गर्न पाउनेछन् ।

राष्ट्रपतिको निर्वाचन संघीय संसद् (प्रतिनिधि सभा तथा राष्ट्रिय सभा) र प्रदेश सभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने संवैधानिक व्यवस्था छ । राष्ट्रपति निर्वाचनको मतदाताको संख्या संघीय संसद्को ३३१ र सातै प्रदेशका प्रदेश सभा सदस्य ५५० कायम छ ।

आठ दलले साझा उम्मेदवारका रुपमा कांग्रेस नेता रामचन्द्र पौडेललाई बनाएको छ । नेकपा एमालेले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आगामी फागुन २८ गते र उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल चैत ३ गते सकिँदैछ ।

राष्ट्रपतिको २०७४ सालमा भएको निर्वाचनमा संघीय संसद्का ३२६ र प्रदेश सभा सदस्य ५३६ जनाले मतदान गरेका थिए । निर्वाचनमा विद्यादेवी भण्डारीले ३९ हजार २७५ र कुमारीलक्ष्मी राईले ११ हजार ७३० मतभार प्राप्त गरेका थिए । पहिलो चरणमा नै बहुमत प्राप्त गरी भण्डारी राष्ट्रपति पदमा निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो