2026-07-06 08:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले यो खबरदारी सभाको सन्देशलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित सरकार विरुद्ध खबरदारी कार्यक्रममा उनले सभाको सन्देशलाई गम्भीरतापूर्वक लिएन भने भोलिको दिन कस्तो हुनेछ भन्ने कुराको संकेत यही सभाले गरेकाले गम्भीर हुन चेतावनी दिएका हुन् ।

उनले भने, ‘सरकारले खबरदारी सभाको सन्देशलाई गम्भीरतापूर्वक लिएन भने भोलिको दिन कस्तो हुनेछ भन्ने कुराको संकेत यही सभाले गरेको छ । म सरकारलाई गम्भीर रुपले लिन चुनौती दिन चाहन्छु । सरकारलाई हिजोको लापरवाही फेरि नदोहोरियोस भनेर खबरदारी पनि दिन चहान्छु । उद्धार, राहत र पुनस्थापनाको कामलाई जिम्मेवारीपूर्वक अगाडि बढाइयोस् ।’

यसको साथै, उनले हामीलाई जे चिन्ता लागेको थियो आज सय दिन पुग्दा नपुग्दै त्यो चिन्ता सरकार आफैंले पुष्टि गरेको बताए ।

उनले भने, ‘हामीलाई नयाँ सरकार बन्यो भनेर कुनै चिन्ता छैन् । तर यो सरकार के का लागि बन्यो र कसरी बन्यो भनेर हेर्दा यो सरकार सुशासनका विरुद्ध बन्यो, यो सरकार भ्रष्टाचारी बचाउन बन्यो र यो सरकार रातको अध्यारोमा आफ्नै पार्टी पङ्तीलाई समेत ढाँटेर षड्यन्त्रको तरिकाले बन्यो । सरकार दलालहरुका घर घरमा गएर रातको १२ बजे बन्यो, हाम्रो चिन्ता त्यहाँ छ भनेर मैले भनेको थिए । आज सय दिन पुग्दा नपुग्दै जे चिन्ता व्यक्त गरेका थियौं त्यो पुष्टि भएको छ, सरकार आफैले पुष्टि गरेको छ ।’

यस्तै, सरकार भ्रष्टाचारीहरुको रक्षाको लागि सुशासनका विपक्षमा विचौलियाहरुको पक्षमा लागेको भन्दै यो सरकार आफै गुहिएर झर्ने उनको भनाई छ ।

उनले भने, ‘तपाईहरु जसरी भ्रष्टाचारीहरुको रक्षाको लागि सुशासनका विपक्षमा विचौलियाहरुको पक्षमा जादैँ हुनुहुन्छ तपाईहरु आफै गुहिएर झर्नु हुनेछ हामीलाई दोष दिन पाउनु हुने छैन् । हामीले सरकार ढाल्नको लागि यो खबरदारी कार्यक्रम गरेको पनि होईन् । हामीलाई राम्रो तरिकाले थहा छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै