असोज ५, काठमाडौँ । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा नेपाल र भारतबीच भएको सहमति देशहित विपरीत भएको बत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ५, काठमाडौँ । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा नेपाल र भारतबीच भएको सहमति देशहित विपरीत भएको बत"/>
२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीले भारतसँग गरेको सहमति देशहित विपरीतः अध्यक्ष वैद्य

२०७३, ५ आश्विन बुधबार १३:१४

असोज ५, काठमाडौँ । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा नेपाल र भारतबीच भएको सहमति देशहित विपरीत भएको बताएका छन्  । 

आज यहाँ पत्रकारसँगको अन्तरक्रियामा अध्यक्ष वैद्यले भारतलाई संयुक्त राष्ट्रसङ्घको स्थायी सदस्यका लागि सहयोग गर्ने, माथिल्लो कर्णाली, अरुण तेस्रोलगायतलाई कार्यान्वयन गर्ने सहमति देशहित विपरीत रहेको जिकिर गरे । उनले भने-, “विगतमा भारतसँग भएका सम्पूर्ण सन्धि, सम्झौता खारेज गरेर नयाँ आधारमा नयाँ सम्झौता गर्नुपर्नेमा पुराना सन्धि, सम्झौतालाई कार्यान्वयनमा लैजाने सम्झौता गरेर आउनु दुर्भाग्यपूर्ण हो ।” 

आफ्नो पार्टीले संविधानलाई अस्वीकार गरेको र आफूहरुमात्रै वास्तविक रुपमा प्रतिपक्षी पार्टी भएको उनको जिकिर थियो । माओवादी लडाकुको शिविरमा भएको अनियमितताबारे आफूहरुलाई थाहा नभएको वैद्यको भनाइ थियो । उनले भने-, “शिविरको रकमबारे हामीलाई थाहा छैन, हामी नेतृत्वमा नभएकाले त्यो विषय माओवादी केन्द्रलाई नै बढी थाहा छ ।” 

माओवादी केन्द्रले संसद्वादलाई स्वीकार गरेको र आफूहरुले त्यसलाई स्वीकार गर्न नसकेकै कारण पार्टी एकता हुन नसकेको उनको प्रष्टोक्ति थियो । उनले भने-, “पार्टी एकताको लागि मैलेपनि धेरै प्रयास गरेको हो, तर विचार र सिद्धान्तमा कुरा नमिलेपछि एकता हुन सकेन ।” 

भविष्यमा माओवादी केन्द्रसँग एकताको सम्भावना अझै रहेको स्वीकार गर्दै उहाँले तत्कालै सो पार्टीसँग एकताको सम्भावना नरहेको बताए । 

परिस्थिति हेरेर चुनावमा भाग लिने 

अध्यक्ष वैद्यले सिपी गजुरेलको नेतृत्वमा पार्र्टीले गठन गरेको देशभक्त जनगणतान्त्रिक मोर्चाको नाममा परिस्थिति हेरेर चुनावमा भाग लिने  बताए । उनले भने-, “आवश्यकताअनुसार चुनावलाई समेत उपयोग गर्ने नीति लिएका छौँ, तर आन्दोलनलाई अगाडि बढाउने अवस्था आए बहिस्कार गरेर जान्छौँ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त