२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुणस्तरीय र सीपमूलक शिक्षा अहिलेको आवश्यकता : शिक्षामन्त्री पौडेल

२०७३, ५ आश्विन बुधबार १४:३९



प्रज्वल पौडेल । असोज ५, रामेछाप ।

शिक्षामन्त्री धनीराम पौडेलले गुणस्तरीय, प्रविधिमैत्री र सीपमूलक शिक्षाका लागि अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । बुधबार रामेछाप
सदरमुकाम मन्थलीमा साक्षर जिल्ला घोषणा सभालाइ सम्बोधन गर्दै मन्त्री पौडेलले शिक्षामा
नीतिगत सूधार गर्नुपर्ने धारणा राख्नुभएको हो ।
नयाँ संविधानले शिक्षालाई मौलिक अधिकारका रुपमा व्यवस्थित गरेको उहाँले बताउनुभयो ।   हिजो शिक्षामा जनताको पहुँच बढाउनका लागी गाउँ गाउँमा विद्यालय खोलिएको भएपनि
अहिले विद्यार्थी न्यून हुदाँ सरकारको लगानी बालूवामा पानी भएको टिप्पणी आउनु
थालेको बताउदै उहाँले भन्नुभयो – गुणस्तरीय शक्षा कायम गर्नकालागी विद्यालय मर्ज
गरेर अगाडि बढ्नुपर्छ।
मन्त्री पौडेलले सामुदायिक विद्यालयका शैक्षिक गुणस्तर वृद्धि गर्न
पुरानो पुस्ताका शिक्षकलाई नयाँ प्रविधिसँगै योग्य र दक्ष बनाउनु आवश्यक बताउनुभयो
 

राज्यले नेपालका बालवालिकालाइ पढाउनुपर्छ भन्ने नीति राखेकोकाले शिक्षाको
संरचना बनेको बताउदै उहाँले शिक्षकहरुपनि इमान्दारिताका साथ लाग्नुपर्ने बताउनुभयो
। उहाँले अस्थायी
, राहत, र बालकक्षाका शिक्षकहरुको मागलाइ विभिन्न
विकल्प सहितको शिक्षा नीतिले सम्बोधन गर्नलागिएको धारणा राख्नुभयो । निरक्षर
विरुद्धको संघर्षले आज रामेछापलाइ साक्षर घोषणा गरिएको बताउदै मन्त्री पौडेलले
भन्नुभयो – पहिले गंगालाल
, कृष्णलाल¸पुष्पलाल जनतालाई शिक्षा
दिनुपर्छ भनेर संघर्षमा लागेका थिए । उहाँले २०७४ साल माघ ७ भित्र तिनै वटा
निर्वाचन गरिसक्नुपर्ने भएकाले निर्वाचन आयोगले प्राविधिककाम¸ संसदले कानुन
निर्माण र सरकारले राजनैतिक सहमति जुटाउनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा सभासद कमला सूवेदी¸ श्यामकुमार श्रेष्ठ¸शिव खड्का लगाएत जिल्लाका
राजनैतिकदलका प्रमुखहरुले जिल्लामा  ३
.६० प्रतिशत जनता अझै निरक्षर
रहेकाले उनीहरुलाइ पनि साक्षर बनाउन आ-आफ्नो क्षेत्रमा सबै जना लाग्नुपर्ने बताएका
छन् । उनीहरुले भुकम्पले भौतिक संरचना ध्वस्त बनाएकाले तत्कालै यसतर्फ ध्यान
दिनुपर्ने
, राम्रो परिणाम ल्याउने विद्यालयका शिक्षकलाइ
पुरस्कृत गर्नुपर्ने
, अस्थायी शिक्षक लगाएतले आन्दोलन
गरिरहेकाले उनीहरुको माग सम्बोधन गर्नुपर्ने लगाएतको धारणा राखेका थिए ।

जिल्लामा रहेको कुल जनसंख्या मध्ये १५ देखि ६० बर्ष उमेर सम्मका
९५ प्रतिशत भन्दा बढि नागरिक साक्षर भएकाले
रामेछापलाइ ३१ औ जिल्लाको रुपमा साक्षर घोषणा गरिएको
हो ।
जिल्ला शिक्षा कार्यालय रामेछापको आयोजनामा विभिन्न विद्यालयबाट निकालिएको र्याली
मन्थली बजार परिक्रमा गरि सामुदायिक भवनमा कार्यक्रम गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त