असोज ६, न्युयोर्क । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लाई गतिशील र समयसमापेक्ष बनाउनुपर्नेमा जोड दिनुभएको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ६, न्युयोर्क । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लाई गतिशील र समयसमापेक्ष बनाउनुपर्नेमा जोड दिनुभएको छ । 

१ माघ २०८२, बुधबार
काठमाडौँ - KTM

संयुक्त राष्ट्र सङ्घको महासभामा सार्कलाई प्रभावकारी बनाउने विषयमा छलफल

६ आश्विन २०७३, बिहीबार ०३:१६

असोज ६, न्युयोर्क । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लाई गतिशील र समयसमापेक्ष बनाउनुपर्नेमा जोड दिनुभएको छ । 

संयुक्त राष्ट्र सङ्घको ७१औँ महासभामा भाग लिन न्युयोर्कमा रहनुभएका सार्क क्षेत्रका परराष्ट्रमन्त्रीहरुको अनौपचारिक बैठकलाई बुधबार यहाँ सम्बोधन गर्दै उहाँले पोखरामा केही समय पहिले सम्पन्न सार्कको परराष्ट्र मन्त्रिस्तरीय बैठकले गरेका निर्णय कार्यान्वयन गर्दै यसलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । 

सार्क क्षेत्रमा रहेको गरिबी, असमानता, बेरोजगारी, जलवायु परिवर्तन तथा आपसी हित र चासोका सम्बन्धमा समान धारणा बनाएर जानुपर्नेमा उहाँको जोड थियो । 

यस्तै, अनौपचारिक बैठकमा सार्कको आगामी १९औँ शिखर सम्मेलनको बारेमा समेत छलफल भएको थियो । 

प्रतिनिधि परराष्ट्रमन्त्रीहरुको अनौपचारिक छलफलको अध्यक्षता नेपालका परराष्ट्रमन्त्रीले गर्नुभयो । पाकिस्तानमा हुने सार्क सम्मेलनको तयारीका बारेमा समेत अनौपचारिक छलफल भएको थियो । 

बैठकबारे जानकारी दिँदै मन्त्री डा महतले सार्कमा रहेका समस्या के हुन्, के के गर्न बाँकी छ भन्ने बारेमा गहन छलफल भएको जानकारी दिनुभयो । 

यस्तै, बैठकमा सार्क क्षेत्रमा हालसम्म भएका प्रगति तथा अन्य विषयमा समेत बहुपक्षीय विचार–विमर्श तथा समस्या समाधानको विषयमा विचार आदानप्रदान भएको उहाँले बताउनुभयो । 

साथै, आगामी सार्क सम्मेलनको तयारीका बारेमा सार्कका महासचिव अर्जुनबहादुर थापाले हालसम्मका प्रगति र सार्क सम्मेलनमा उठाउने विषयमा बैठकलाई जानकारी गराउनुभएको थियो । 

सार्कमार्फत यो क्षेत्रभित्रका जनताको उन्नति र प्रगतिलाई कसरी अगाडि बढाउन सकिन्छ र व्यापार, सेवा, सडक, रेल, विद्युत्प्रसारण सञ्जाल तथा सम्पर्क सञ्जाल विस्तार गर्ने विषयलाई प्रमुख प्रथमिकतामा राखिएको उहाँको कथन थियो । 

बैठकपछि रासससँग कुरा गर्दै सार्कका महासचिव थापाले सार्कको मञ्चमार्फत आपसी हित र चासोलाई सम्बोधन गर्दै जाने विषयमा महत्वपूर्ण छलफल भएको बताउनुभयो । 

बैठकमा पाकिस्तानका परराष्ट्र मामिला सल्लाहकार सरताज अजिजले सार्कको आगामी शिखर सम्मेलनको बारेमा भएको प्रगतिका बारेमा जानकारी गराउनुभएको थियो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव