२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

सरकारले २४ घण्टै होटल, रेष्टुरेन्ट संचालन गर्ने वातावरण बनाउँछ : मन्‍‍त्री अधिकारी

२ भाद्र २०७५, शनिबार १५:५७

प्रज्वल पौडेल । भदौ २, काठमाण्डौ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्‍‍त्री रविन्द्र अधिकारीले पर्यटन क्षेत्रको विकासबाट मात्र नेपालको आर्थिक समृद्धि सम्भव हुने बताउनुभएको छ । शनिबार राजधानीमा फास्टफुट एसोसियन नेपालको छैठौँ अधिवेशनको उद्‍घाटन गर्दै उहाँले पर्यटन प्रवर्द्धनका लागी सरकारको पहिलो प्राथमिकता विमानस्थललाई व्यवस्थित गर्नु रहेको बताउनुभएको हो । मन्त्री अधिकारीले त्रिभूवन अर्न्तर्राष्ट्रिय विमानस्थल आफू मन्त्री भएपछि हाल २१ घण्टा संचालनमा ल्याएको बताउदै पूर्णरुपमा विमानस्थल निर्माण पश्चात २४ घण्टा  संचालन गरिने र होटल व्यवसाय पनि निरन्तर चल्ने बताउनुभयो । 


उहाँले नेपालका महत्वपूर्ण शहरमा यहि आर्थिक वर्षबाट क्रमश समय बढाउदै २४ घण्टै होटल, रेष्टुरेन्ट संचालन गर्ने वातावरण सरकारले बनाउने बताउनुभएको छ । उहाँले भन्नु्भयो -'अहिले एक व्यक्तिले ६ देखी ८ घण्टा मात्र काम गर्ने बुझिने गरेको छ, अब त्यसो नभई फास्टफुड व्यवसाय, उद्योग धन्दालाई तीन सिफ्ट गरेर २४ घण्टै संचालन गर्नुपर्छ, तब मात्र देश समृद्धिको दिशामा अगाडि बढ्छ, समय कम भयो भनेर चिन्ता नलिनुस् ।' 


विकासको पुरातनवादी सोचाईले नेपाल पछाडि परेको बताउदै उहाँले नयाँ सोचका साथ अगाडि बढ्दा मात्रै पर्यटन प्रवर्द्धन हुने र व्यवसायले समेत सफलता पाउने धारणा राख्नुभयो । उहाँले नेपालमा वर्षैपिच्छे पर्यटकको संख्या बढ्दै गएकाले पर्यटन भित्राउन फास्टफुडलाई गुणस्तरीय र व्यवस्थित बनाउँदै लैजानु पर्ने बताउनुभयो । मन्त्री अधिकारीले व्यवसायमा लगानीपश्चात अनुशासित र गुणस्तरीय सेवा प्रदान गर्न आवश्यकता अनुसार तालिमको आयोजना गर्नुपर्ने बताउनुभयो । उहाँले भन्‍नुभयो -' व्यवसाय संचालन गर्न संचालक तथा श्रमिकले समय-समयमा तालीम लिइरहनुपर्छ । नियमितरुपमा तालिम संचालन हुँदा ग्राहक र पर्यटकलाई सहज रुपमा सेवा दिन र नयाँ-नयाँ प्रविधी भित्र्याउन सहज हुन्छ ।'



कार्यक्रममा व्यवसायीहरुले प्रहरीले राती ९ बजे पछाडि व्यवसाय बन्द गराउदै हिड्ने गरेकाले समस्या भएको बताएका थिए । उनीहरुले राज्यलाई कर तिरेपनि नियम कानुन अनुसार चाहे जति समय व्यवसाय गर्न राज्यले अनुमति दिनुपर्ने धारणा राखेका थिए । 


मन्त्रीे अधिकारीले फास्टफुड एसोसियसन नेपालको नवनिर्मित भवनको उद्‍घाटन समेत गर्नुभएको थियो । कार्यक्रममा फास्टफुड एसोसियसन नेपालले संस्थालाई योगदान दिने विभिन्‍न व्यक्तिहरुलाई सम्मान समेत गरेको थियो ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते