२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हत्या गरेको अभियोगमा दुई वृद्ध पक्राउ

२६ भाद्र २०८०, मंगलवार ०७:१४

भदौ २६, काठमाडौँ | हत्या गरेको आरोपमा दुई जना वृद्धलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । छुट्टाछुट्टै घटनामा दुई जनालाई काठमाडौँ र रसुवाबाट पक्राउ गरिएको हो । 

मकवानपुर हेटौँडा उपमहानगरपालिका घर भई सोही आश्रममा बस्ने ७२ वर्षीय जगत बहादुर तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ । तामाङले काठमाडौँ महानगरपालिका-८ गौशाला ओरालो बनकालीस्थित मानव सेवा कल्याण आश्रममा बस्ने मकवानपुर भीमफेदी गाउँपालिका-४ घर भएका ५० वर्षीय अमर राज पुडासैनीलाई इँटा प्रहार गरी हत्या गरेको  अभियोगमा पक्राउ गरेको हो । पुडासैनीलाई इँटा प्रहार गरी हत्या गरेको भन्ने खबर हुनासाथ प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । 

उता रसुवामा आफ्नै श्रीमती ७१ वर्षीया सिता कामीको हत्या गरेको अभियोगमा गोसाईंकुण्ड गाउँपालिका-६ रेडपाण्डा चोकस्थित भूकम्प पीडित आवास स्थल बस्ने ७१ वर्षीय सुलाल कामीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

सीता कामी आफ्नै आवास स्थलमा मृत अवस्थामा फेला परेको घटनाको जिल्ला प्रहरी कार्यालय रसुवाबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा सुलाल कामीले कुटपिट गरी हत्या गरेको भन्ने खुल्न आएपछि उनलाई नियन्त्रणमा लिएको हो ।  दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलको आक्रमणबाट हमासका प्रमुख याह्या सिनवार मारिएको पुष्टि आजको मौसम: देशभर पश्चिमी वायुको प्रभाव रहने ७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने