२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोजगार

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन कार्यक्रमको ढाँचा परिवर्तन गर्नुपर्छ : श्रममन्त्री अर्याल

२०८०, ३० चैत्र शुक्रबार ०९:१४

चैत ३०, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन कार्यक्रमको ढाँचा परिवर्तन गर्नुपर्ने बताउनु भएको छ । रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि आयोजित चार दिने तालिमको समापन कार्यक्रममा बोल्दै मन्त्री अर्यालले कार्यक्रमलाई परिणाममुखी बनाउन कार्यक्रमको ढाँचा परिवर्तन गर्नु अपरिहार्य भएको बताउनु भएको हो । 

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट अपेक्षित रुपमा परिणाम आउन नसकेको बताउनुभयो । ‘जुन उद्धेश्यका साथ कार्यक्रमको घोषणा गरियो, त्यो आम नागरिकले महसुस गर्न पाएनन् । कार्यक्रमले लक्षित वर्गलाई छुन सकेन, । त्यसैले यसलाई परिणाम मुखी बनाउन यसको ढाँँचा परिवर्तन गर्न आवश्यक छ । ’ उहाँले भन्नुभयो ।  


त्यस्तै, मन्त्री अर्यालले तालिमबाट सिकेका कुरालाई व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गर्नुभयो । ‘भनिन्छ डक्टरको व्यवहारले विरामीको आधा रोग निको हुन्छ, त्यसैगरी तपाईहरुको व्यवहारले सेवा लिन आउनेलाई सहज अनुभव होस, उर्जा मिलोस,’उहाँले भन्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै श्रम सचिव घनश्याम उपाध्यायले श्रम डेस्कमा बसेर आफनो जिम्मेवारी पुरा गर्न तालिममा सहभागी रोजगार संयोजक र रोजगार सहायकलाई आग्रह गर्नुभयो । ‘तपाईहरु जनतालाई सेवा गर्न पाउने जस्तो पवित्र कार्यमा सहभागी हुन पाउनु भएको छ । यो अवसरलाई भरपुर प्रयोग गर्नुहोला,’ उहाँले भन्नुभयो । 


समापन कार्यक्रममा मरिन गाउँपालिका सिन्धुलीका रोजगार संयोजक पन्चमाया योन्जनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रदान गरेको चार दिने कार्यक्रमले उत्साह थपेको बताउनुभयो ।  तालिम पछि कार्यक्रममा प्रति अपनत्व महसुश भएको उहाँले बताउनुभयो । त्यस्तै, थाहा नगरपालिका मकवानपुरका रोजगार संयोजक कुमार नेगीले तालिमले काम गर्नका लागि उर्जा मिलेको बताउनुभयो । 

मन्त्रालयले आयोजना गरेको क्षमता अभिवृद्धि तालिममा नौ जिल्लाका रोजगार संयोजक र रोजगार सहायक गरी १४२ जनाको उपस्थिती थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री