2026-10-15 07:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

वैदेशिक रोजगार विभागको आग्रह :गैर कानुनी रूपमा वैदेशिक रोजगारीमा नपठाउनु

काठमाडौँ । वैदेशिक रोजगार विभागले गैर कानुनी रूपमा वैदेशिक रोजगारीमा नपठाउन आग्रह गरेको छ । विभागको महानिर्देशक कमल प्रसाद भट्टराईले शुक्रबार पत्रकार सम्मेलन गर्दै इजाजतपत्र लिएका मेनपावर व्यवसायी बाहेकले श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन नपाउने बताएका हुन् ।

इजाजतपत्र नलिएकाहरूले श्रमिकहरूलाई वैदेशिक रोजगारीमा पठाउने गरेको बताउँदै त्यस्तो कार्य दण्डनीय हुने उनको भनाई छ । ‘ट्राभल कम्पनी, एजेन्सीहरू । कन्सल्टेन्सीहरूले श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने गरेको गुनासो आउने गरेको छ । त्यो कानुनी रूपमा दण्डनीय हो । इजाजतपत्रवाला संस्था बाहेक कसैले पनि श्रमिकहरूलाई वैदेशिक रोजगारीमा पठाउन पाउँदैन । त्यसरी पठाउनेहरूमाथी मानव बेचबिखन तथा ओसारपसार अनुसार कारबाही हुन्छ,’ महानिर्देशक भट्टराईले भने ।

वैदेशिक रोजगार क्षेत्रमा देखिएका विद्यमान समस्या समाधानका लागि विभागले विभिन्न कार्यदल गठन गरेको बताउँदै ती कार्यदलको प्रतिवेदनका आधारमा सुधार गर्दै जाने बताए । वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको राहत तथा उद्धारका लागि रेपिड रेस्पोन्स टिम बनाएको उनको भनाइ छ ।समस्यामा परेकोबारे विभागलाई जानकारी पाउने विक्तिकै राहत तथा उद्धारको कार्य अघि बढ्ने समेत बताए । विभागका उपमहानिर्देशकले मूल संयोजन गर्ने गरी सम्बन्धित निर्देशकहरूको संयोजकत्वमा विभिन्न ५ वटा समितिहरू बनेका छन् । वैदेशिक रोजगारको क्षेत्रलाई समग्र रूपमा सुरक्षित व्यवस्थित र मर्यादित बनाउने साथै वैदेशिक रोजगार क्षेत्रलाई समयानुकूल तथा थप व्यवस्थित बनाउन समितिहरू गठन गरी सुधारको लागि कार्यहरू प्रारम्भ गरिएको महानिर्देशक भट्टराईले बताए ।

वैदेशिक रोजगारीसँग सम्बन्धित सेवा प्रवाहमा सुशासन कायम गर्न प्रवृत्तिगत र प्रविधिगत सुधार गर्ने नीति अघि सारिएको महानिर्देशक भट्टराईले बताए । विभागका उपमहानिर्देशक तथा प्रवक्ता चन्द्र बहादुर शिवाकोटीले फेमिस प्रणाली अद्यावधिक गर्दै प्रणालीको सोर्स सरकारको मातहतमा ल्याई फेमिस प्रणाली, जीआईडीसी, पासपोर्ट विभाग, एनआईडीसँग लिंकेज कायम गर्न पहल गर्ने योजना अघि सारिएको छ । सेवाहरूको जानकारी सामाजिक सञ्जाल तथा वेबसाइट आदि मार्फत आम नागरिकको जानकारीका लागि नियमित रूपमा अद्यावधि गर्दै जाने, आम सञ्चार माध्यम र सञ्चारकर्मीसँग नियमित समन्वय, सम्पर्क कायम गर्ने समेत योजना अघि सारेको छ ।

विभागका सम्पूर्ण कार्य प्रक्रियालाई सूचना प्रविधिमा आधारित बनाई थप निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाइने शिवाकोटीले बताए । उपत्यका भित्रका ईजाजतपत्र प्राप्त संस्थाको अनुगमन कार्यलाई थप व्यवस्थित बनाउनको लागि अनुगमनको स्वीकृतीको ढाँचा तर्जुमा गरी नियमित अनुगमन गरिने र उपत्यका बाहिरको हकमा ईजाजतपत्र प्राप्त संस्था तथा शाखा कार्यालयहरूको आवश्यकता तथा प्राप्त उजुरीको संवेदनशीलताको विश्लेषण गरी आकस्मिक रूपमा अनुगमन टोली परिचालन गरी अनुगमन गरिने प्रवक्ता शिवाकोटीको भनाइ छ ।

शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी), ट्राभल टिकेटिङ्ग एजेन्ट लगायतले वैदेशिक रोजगार सम्बन्धी कार्य गर्न विज्ञापन गरेको विषय, राहदानी सङ्कलन गर्ने र वैदेशिक रोजगारमा पठाइदिने भनी कसैसँग रकम लिएको सम्बन्धमा यस विभागमा उजुरी प्राप्त भएमा तत्काल अनुगमन गरी कारबाहीको दायरामा ल्याइने उनको भनाइ छ । त्यस्ता कार्य कानुन विपरीत मानव बेचबिखन सँग सम्बन्धित निकायमा आवश्यक कारबाहीको लागी पठाउने गरेको उनको भनाइ छ । वैदेशिक रोजगारीसँग सम्बन्धित संस्थागत उजुरी फर्छ्यौट, राहत तथा उद्धार र क्षतिपूर्ति समयानुकूल छुट्टै निर्देशिका/कार्यविधि तर्जुमा गरी लागु गरिने योजना विभागको छ ।

उजुरीको सम्बन्धमा लिखित जवाफसहित उपस्थित भएका रोजगार व्यवसायी र पीडितको बीचमा छलफलको लागि प्राथमिकता निर्धारणको आधारमा समय तय गरी छलफल गराउने उनको भनाइ छ । पीडित र पिडकबिच छलफलको लागि तोकिएको मिति र समयमा विभागमा उपस्थितिको लागि मोबाइल म्यासेजबाट समेत जानकारी दिने व्यवस्था गरिने योजना विभागको छ । मुद्दा शाखाको अभिलेख प्रणालीलाई डिजिटलाइज्ड गरी फेमिस प्रणालीसँग आबद्ध गरिनेछ ।

साइबर सुरक्षा नीति आन्तरिकीकरण गर्न तत्काल कार्ययोजन बनाई लागू गर्ने, हाल नागरिक एपमा स्वीकृतिको स्टीकर र वैदेशिक रोजगारीका विज्ञापन मात्र देखिने अवस्था रहेको हुँदा यस प्रणालीलाई नागरिक एप तथा राष्ट्रिय परिचयपत्रसँग आबद्ध गर्ने योजना विभागको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने