४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

रुकुममा व्यावसायिक दूध उत्पादन

१२ श्रावण २०७६, आईतवार ११:२१

साउन १२, रुकुम | मारिङ बहुउद्देश्यीय सहकारी संस्थाले जिल्लामै पहिलो पटक भूमे गाउँपालिकास्थित खाबाङमा व्यावसायिक रुपमा दूध उत्पादन शुरु गरेको छ । 

सहकारीले बुटवलबाट पाँच लाख ५० हजारमा पाँच वटा जर्सी गाई खरिद गरी दूध उत्पादन तथा बिक्री वितरण शुरु गरेको हो ।

 बुटवलबाट माऊ गाई पाँच, एउटा बहर र दुई वटा बाच्छा ल्याएको सहकारीले जनाएको छ । ती गाईमध्ये दुई जर्सी र तीनवटा होलिस्ट्यान जर्सी जातका गाई छन् । एउटा गाईले एक पटकमा ६ लिटर दूध दिने गरेको सहकारीका व्यवस्थापक सन्दीप अधिकारीले बताउनुभयो । “यस ठाउँको दूध अभावलाई आपूर्ति गर्ने उद्देश्यले व्यावसायिक रुपमा दूध उत्पादन गर्न शुरु गरेका छौँ”,व्यवस्थापक अधिकारीले भन्नुभयो, “यहाँका स्थानीयले बढी मात्रामा गाईगोरु, भेडाबाख्रा पाल्ने भएकाले दूध निकै कम पाइने गर्दछ ।”यहाँको माग र आवश्यकतालाई दृष्टिगत गर्दै दूध उत्पादन गर्दै आएको उहाँको भनाइ छ । 

उत्पादित दूधले हाल गाउँपालिका केन्द्र खाबाङ बगर, त्रिवेणी, महत लगायतका क्षेत्रमा आपूर्ति भइरहेको छ । दीर्घकालीन रुपमा जिल्लाका अन्य स्थानीय तहका विभिन्न बजार क्षेत्र र रुकुम (पश्चिम) र रोल्पामा पनि दूध पु¥याउने लक्ष्य राखेको सहकारीले जनाएको छ । अहिले उक्त सहकारीमा गाई हेर्नका लागि दुई जना मान्छे पनि राखिएको छ । 

प्रदेश सरकार, भूमे गाउँपालिका र सहकारीको सहयोगमा गाईपालन शुरु गरिएको हो । सो व्यवसायका लागि अहिलेसम्म ६ रोपनी जग्गा भाडा, गोठ निर्माण, गाई खरिदसमेत गरेर रु २४ लाख लगानी भएको भएको सहकारीले जनाएको छ । प्रदेश ५ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको रु १४ लाख, भूमे गाउँपालिकाको रु चार लाख र सहकारीको रु पाँच लाखको लगानीमा गाईपालन थालिएको बताइएको छ । 

रुकुम (पूर्व)का विभिन्न ठाउँमा छिट्फुट रुपमा दूध पाइने गरेको थियो । त्यति दूध स्थानीयहरुका लागि पर्याप्त थिएन । सहकारीमार्फत दूध उत्पादन शुरु गरेपछि स्थानीयवासीहरु  पनि त्यसतर्फ आकर्षित हुन थालेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता