२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका प्रथम

७ जेष्ठ २०८०, आईतवार ०२:४८

जेठ ७, सिन्धुपाल्चोक । स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका प्रथम भएको छ । मेलम्चीले आर्थिक वर्ष २०७८/७९ को प्रारम्भिक नतिजामा  ८९ दशमलव पाँच प्रतिशत अङ्क प्राप्त गर्दै जिल्ला प्रथम भएको हो । 

मेलम्चीले योजना बजेट तथा कार्यक्रम व्यवस्थापनमा ९२ दशमलव ८६, कार्यान्वयन क्षमता तथा व्यवस्थापन ९७ दशमलव ९३, लेखाङ्कन तथा प्रतिवेदनमा शत् प्रतिशत, अनुगमन मूल्याङ्कन तथा लेखा परीक्षणमा ८१ दशमलव २५ र राजस्व व्यवस्थापनमा ८५ दशमलव २९ प्राप्त गरेको जनाइएको छ ।  जिल्ला समन्वय समितिले मूल्याङ्कन गरी अन्तिम नतिजा प्रकाशन गरेको थियो ।  

सो मूल्याङ्कनअनुसार  जिल्लाको भोटेकोसी गाउँपालिकाले ६५ अङ्क, जुगल गाउँपालिकाले ५० अङ्क, पाँचपाखरी थाङ्पाल गाउँपालिकाले ५४ अङ्क, हेलम्बु गाउँपालिकाले ४१ दशमलव पाँच अङ्क, चौतारा साँगाचोकगढी नगरपालिकाले ६६ अङ्क, बलेफी गाउँपालिकाले ६० दशमलव पाँच अङ्क, बाह्रबिसे नगरपालिकाले ६४ अङ्क, त्रिपुरासुन्दरी गाउँपालिकाले ६१ दशमलव पाँच अङ्क, लिसङ्खुपाखर गाउँपालिका ५४ दशमलव पाँच अङ्क र सुनकोशी गाउँपालिकाले ४२ दशमलव पाँच अङ्क प्राप्त गरेका छन् । मेलम्चीले आर्थिक वर्ष २०७७÷७८ मा पनि ७१.५ अङ्क प्राप्त गर्दै पहिलो भएको थियो ।

मेलम्चीले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा ८६ प्रतिशत अङ्क दाबी गरेको छ । स्वमूल्याङ्कनको विषय क्षेत्रहरुको समग्र स्थितिमा ९२ दशमलव ८६ प्रतिशत प्रक्रियागत स्थितिमा ८३ दशमलव ८२ परिणात्मक स्थितिमा ८४ दशमलव ४४ प्रतिशत अङ्क दाबी गरेको छ । अब सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसको गुणस्तर परीक्षण गरी नगरपालिकाको अन्तिम नतिजा प्राप्त हुने मेलम्चीको सूचना प्रविधि शाखा प्रमुख अर्पना श्रेष्ठले जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले आगामी आवमा दुईवटै मूल्याङ्कनमा ९० प्रतिशतभन्दा माथि अङ्क आउने गरी काम गर्ने लक्ष्य लिइएको जानकारी दिनुभयो । नगरपालिकाको मूल्याङ्कनपछि नगरपालिकाका प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधानले आगामी वर्षहरूमा पनि स्थानीय तहमा प्रथम हुने गरी काम गर्ने बताउनुभयो ।

सो नगरपालिका लगातार दोस्रोपटक जिल्लामै प्रथम भएको हो । आव २०७८÷७९ मा पनि मेलम्ची स्थानीय तह संस्थागत स्वमूल्याङ्कनमा प्रथम भएको नगरपालिकाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता