सिबी अधिकारी/असोज ६, काठमाडौँ । ‘ग्याङ फाइट’भन्नेबित्तिकै पुरुषको नाम अगाडि आउँछ । तर, अब महिला पनि यस्तो कार्यमा संलग्न हुन थालेका छन् । 

ललितपुर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सिबी अधिकारी/असोज ६, काठमाडौँ । ‘ग्याङ फाइट’भन्नेबित्तिकै पुरुषको नाम अगाडि आउँछ । तर, अब महिला पनि यस्तो कार्यमा संलग्न हुन थालेका छन् । 

ललितपुर"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब महिला पनि ‘ग्याङ फाइट’मा, सात जना प्रहरी फन्दामा

६ आश्विन २०७३, बिहीबार ०८:५४

सिबी अधिकारी/असोज ६, काठमाडौँ । ‘ग्याङ फाइट’भन्नेबित्तिकै पुरुषको नाम अगाडि आउँछ । तर, अब महिला पनि यस्तो कार्यमा संलग्न हुन थालेका छन् । 

ललितपुरको बालकुमारीस्थित ‘गुडविल डान्स बार’को घटना यसको पछिल्लो उदाहरण हो । महिलाहरु मदिरा सेवन गरी ग्याङ फाइटमा उत्रँदा प्रहरीको फन्दामा परेका छन् । गएराति ११ बजे मदिरा सेवन गरी बियरका बोतलले एकापसमा प्रहार गरेर स्थानीयवासीलाई त्रस्त बनाइरहेको अवस्थामा ललितपुर प्रहरीले सात महिलालाई पक्राउ गरेको हो । 

महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले श्रीया तामाङ, सन्जु गरुङ, अनु गुरुङ तथा सुशीला तामाङ, रेश्मा थोक्कर र लक्ष्मी क्षेत्रीको छुट्टाछुट्टै समूह बनाई ग्याङ फाइट गरेको अवस्थामा गरी सार्वजनिक अपराध मुद्दा चलाइएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रामेश्वर यादवले राससलाई जानकारी दिए । 

उहाँका अनुसार बालकुमारी ग्वार्को क्षेत्रमा पेशेवर महिला समूह अनैतिक गतिविधिमा संलग्न हुने गरेको र आपसमा झगडा गरी सर्वसाधारणलाई त्रस्त बनाउँदै आएका छन् । यसअघि पनि प्रहरीले ग्वार्को क्षेत्रबाट यौनजन्य गतिविधिमा संलग्न ११ जनालाई पक्राउ गरेको थियो । 

यादवको सक्रियता बढ्दो 

पछिल्लो समय यौनजन्य क्रियाकलापमा संलग्न पेसेवरले ललितपुरका विभिन्न स्थानमा अखडा जमाइरहेका कारण ललितपुर प्रहरीले आफ्नो सतर्कता बढाएको छ । बीस दिनअघि वृत्तको जिम्मेवारी सम्हालेका यादवले समाजमा अनैतिक क्रियाकलाप नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न आफूलाई खरो रुपमा  उतारेका छन् । घटनास्थलमै गएर वृत्त प्रमुख यादवले विभिन्न विकृतिजन्य गतिविधिमा संलग्नलाई कानुनी कठघरामा ल्याउने काम  गरेका छन् । 

एकान्तकुनास्थित यातायात कार्यालय र ताल्सिखेलस्थित मोटरसाइकलको राजस्व सङ्कलन केन्द्रबाट २० भन्दा बढी दलाललाई नियन्त्रणमा लिई मुद्दा चलाइएको र त्यस्तै चोरीमा संलग्न २०, सात जुवाडे, लागुऔषधमा संलग्न एक साधुसहित छजनालाई पक्राउ गरी मुद्दा चलाइएको उहाँले बताउनुभयो ।  यात्रुको सुरक्षा तथा यातायातलाई व्यवस्थित र मर्यादित तुल्याउन बालकुमारीदेखि एकान्तकुनासम्म प्रत्येक सार्वजनिक बसमा एक प्रहरी खटाउने गरिएको प्रहरीले जनाएको छ । 

पाकेटमार र दुव्र्यवहारबाट यात्रुलाई बचाउन तथा सडक र सवारी चालकको नियम पालन गराउन १५ दिनदेखि यस्तो अभियान सुरु गरिएको छ । त्यसैगरी लागुऔषधमा संलग्न विभिन्न विद्यालयका १०० जनालाई नियन्त्रणमा लिएर अभिमुखीकरण गराई अभिभावको जिम्मा लगाइएको छ । 

यसैबीच नजिकिएको दसैँ, तिहार र छठ पर्वलाई मध्यनजर गरी सुरक्षा जनचेतना सुरु गरिएको र त्यसका लागि माइकिङ र पर्चा वितरण गरिने भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव