४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

गठबन्धनको ज्ञापनपत्रले गर्दा २१ पदका लागी खुल्ला विज्ञापन जिविसमा

२२ बैशाख २०७३, बुधबार १४:५८

अभिमनु पटेल/बैशाख २२, रौतहट । जिल्ला विकास समिति रौतहटको कार्यालयमा
स्थानीय विकास अधिकारी बन्दना झाले विना सुचना, कुनै विज्ञान पत्र र प्रतिष्पर्धा गराई ३ जना लाई
नियुक्ति गरेकोले संघीय गठबन्धनका नेताहरूले जिल्ला प्रशासनमा रद्द गर्नको लागि ज्ञापनपत्र बुझाएकोले
सबै नियुक्ति लाई रद्द गरिएको छ । अब जिल्ला विकास समिति रौतहटमा करारमा कार्यरत १८ तथा भर्खरै नियुक्त
३ जना गरी २१ जनाको खुल्ला प्रतिष्पर्धा गराएर स्थायी पदपुर्तिको लागी प्रक्रिया चाल्ने कुरा स्थानिय
विकास अधिकारी बन्दना झाले बताएका छन ।

सिमाक्षेत्र विकास कार्यक्रम अन्र्तगत नियुक्त
इन्जिनियर,गरीब घर परिवार पहिचान कार्यक्रममा आईटि अफिसर तथा एकजना कार्यालय सहयोगी गरि तीन जनाको
नियुक्त खारेजिको लागी मधेशी मोर्चालागी रहेको तथा पहिला देखि कार्यरत कारारका कर्मचारीहरुलाई अवकास दिन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ताकेता गरि रहेको कारण सबै पदको खुल्ला प्रतिष्पर्धा द्धारा
विज्ञापन गरि नियुक्ती प्रक्रिया अगाडि बढाउने स्थानिय विकास अधिकारी झाले बताउनु भएको छ

विगातका दिनमा तत्कालिन स्थानिय विकास अधिकारीहरु रामअशिष दास, विष्णु राज लामिछाने, रामाधिन
यादव, नारायण सापकोटा,बसन्त भण्डारी, हेमराज फुयाल, रामजी बराल लगायतकाहरुले गर्नुभएको नियुक्त तथा
आन्तरिकिकरण समेतको म्याद थप नगरि खुल्ला विज्ञापन गरि प्रतिस्पर्धा गराई समानुपातिक समावेशी नियुक्ती
तर्फ चालिने प्रक्रियामा सहयोग गर्न आग्रह गर्दै स्थानिय विकास अधिकारी झाले जिल्लाको विकास तथा जनचाहना
विपरित आफु कदापी नजाने बताउन् भएको छ ।

विगतका दिनमा स्थानिय विकास अधिकारीहरुले गरेको
नियुक्तिको विरोध मधेशी मोर्चा लगायतका कसैले गरेको छैनन । सामाजिक रुपमा समर्थन पाएकै कारण अख्तियार
दुरुपयोग अनुसन्धान आयोगको निर्णय समेत कार्यान्वयन हुन सकेको छैन ।

संघीय गठबन्धन रौतहटका
प्रकाश यादव , ओमप्रकाश साह , अजय पटेल र ललन यादवहरुले २० गतेका दिन तीन जनाको अवैध नियुक्ति एलडिओ
झाले गरेको विरोधमा बदर गर्न माँग गर्दै जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापनपत्र बुझाएका छन ।
नियुक्त हुनेहरुमा राविशेष झा, प्रमिला मिश्रा तथा राजन मण्डल रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता