२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्पको डसाइबाट चारवर्षीय बालकको मृत्यु

२०७३, ७ आश्विन शुक्रबार ०५:३०

असोज ७, पर्सा । विषालु सर्पको डसाइबाट आज बिहान वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा ४ वर्षीय बालकको मृत्यु भएको छ । बारा जिल्लाको गढीमाई नगरपालिका–१५ डुम्मरवाना नयाँ बस्ती निवासी ध्रुव दुलालको ४ वर्षीय छोरा श्याम दुलालको मृत्यु भएको हो । 

घरमा सुतिरहेका श्यामलाई बिहान १ बजेको समयमा विषालु सर्पले डस्दा गम्भीर बिरामी भई उपचारका लागि उप–क्षेत्रीय अस्पतालमा ल्याउँदा उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । बढ्दै गएको गर्मी र वर्षाको कारण खेत तथा खुल्ला स्थानमा पानी जमेपछि उच्च स्थानतर्फ विशालु सर्प आउन थालेपछि तराईको बारा, पर्सामा सर्प दंशको घटना बढ्दै गएका छन् । 

आहारा र सुरक्षाको खोजीमा उच्च स्थान तथा बस्तीतर्फ आएका सर्पले डस्दा दैनिक १० देखि १५ जना सर्पदंशका बिरामी अस्पताल आउने गरेको नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सक डा राकेश झाले जानकारी दिनुभयो । अस्पताल आउने बिरामीमध्ये आधा विषालु सर्पको डसाइबाट बिरामी हुने गरेको डा झाको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने