१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्पको डसाइबाट चारवर्षीय बालकको मृत्यु

७ आश्विन २०७३, शुक्रबार ०५:३०

असोज ७, पर्सा । विषालु सर्पको डसाइबाट आज बिहान वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा ४ वर्षीय बालकको मृत्यु भएको छ । बारा जिल्लाको गढीमाई नगरपालिका–१५ डुम्मरवाना नयाँ बस्ती निवासी ध्रुव दुलालको ४ वर्षीय छोरा श्याम दुलालको मृत्यु भएको हो । 

घरमा सुतिरहेका श्यामलाई बिहान १ बजेको समयमा विषालु सर्पले डस्दा गम्भीर बिरामी भई उपचारका लागि उप–क्षेत्रीय अस्पतालमा ल्याउँदा उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । बढ्दै गएको गर्मी र वर्षाको कारण खेत तथा खुल्ला स्थानमा पानी जमेपछि उच्च स्थानतर्फ विशालु सर्प आउन थालेपछि तराईको बारा, पर्सामा सर्प दंशको घटना बढ्दै गएका छन् । 

आहारा र सुरक्षाको खोजीमा उच्च स्थान तथा बस्तीतर्फ आएका सर्पले डस्दा दैनिक १० देखि १५ जना सर्पदंशका बिरामी अस्पताल आउने गरेको नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सक डा राकेश झाले जानकारी दिनुभयो । अस्पताल आउने बिरामीमध्ये आधा विषालु सर्पको डसाइबाट बिरामी हुने गरेको डा झाको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’