४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

श्री जनता उच्च माविको विध्यालय व्यवस्थापन समितिको अध्यक्षमा चन्दन

२६ बैशाख २०७३, आईतवार ०६:०४

ओम प्रकाश यादव/बैशाख २६, रौतहट । रौतहटको श्री जनता उच्च माध्यमिक विधालय कटहरीयाको
विध्यालय व्यवस्थापन समितिको अध्यक्षमा चन्दन कुश्वाहा विजयी हुनुभएको छ ।

कुश्वाहा कुल ७७१ मत
प्राप्त गर्दै अध्यक्षमा विजयी हुनुभएको छ । उनको निकटत्म प्रतिद्धन्दीहरु नस्रुदिन अंसारी २५७, राम
आधार यादव २११ र सबैभन्दा कम रामदेव महतो कुल ९ मत मात्रै प्राप्त गर्दै ठूल्लो मत अन्तरले पराजित भएका
छन ।

एक जना नयाँ अध्यक्षका लागि हिजो भएको निर्वाचनमा ४ जनाले उमेदवारी दिएका थिए । अध्यक्ष
पदका लागि चन्दन कुश्वाहा, नस्रुदिन अंसारी, राम आधार यादव र रामदेव महतोले उमेदवारी दिनु भएकोमा राति
सकिएको मतगणना गिन्तीले कुश्वाहा सबैभन्दा बढी ७७१ मत प्राप्त गर्दै भारी मत अन्तरले अध्यक्षमा जित
हासिल गर्नुभएको छ । त्यस्तै हिजो नै २ जना पुरुष सदस्य पदका लागि भएको निर्वाचनमा विदयासागर यादव र
श्यामानन्द प्रसाद यादव विजयी हुनुभएको छ ।

सदस्य पदका लागि ९ जनाले उमेदवारी दिएका मध्ये
विदयासागर यादव र श्यामानन्द प्रसाद यादव जित हासिल पारेका छन । विदयासागर ४९० र श्यामानन्द ४३७ मत
प्राप्त गर्दै सदस्यमा निर्वाचित भएका छन । त्यस्तै एक जना महिला सदस्य पदका लागि भएको निर्वाचनमा
सुगान्धि दास निर्वाचित हुनुभएको छ ।

आफना निकटत्म प्रतिद्धन्दी ४ जनालाई पराजित गर्दै सुगान्धि
महिला सदस्यमा जित हासिल गर्नुभएको छ । सुगान्धि दास ५५४ मतका साथ विजयी भएको पत्रकार राज करण यादवले
बताउनु भएको छ । स्कूलका कुल १६७५ मतदाता मध्ये १३१७ मत खसेको र बाकी ३५८ मत बदर भएको पत्रकार संजय
मिश्राले बताउनु भएको छ ।

जिल्लाको कटहरीया, गरुडा, गौर लगाएतका ठाँउका नेपाल प्रहरी र सशस्त्र
प्रहरीको कडा सुरक्षाका विच हिजो शनिवार कटहरीया स्कूलमै निर्वाचन सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’