दिया चन्द । त्यो  रात उनको प्रेमको नशा लागेर म कसरी ढले भन्ने कुरा आज आएर सम्झिदा पनि उत्तिक्कै आनन्द लाग्छ । उनि छैनन् बस छ त केवल उनको स्पर्श, उनको सुगन्ध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिया चन्द । त्यो  रात उनको प्रेमको नशा लागेर म कसरी ढले भन्ने कुरा आज आएर सम्झिदा पनि उत्तिक्कै आनन्द लाग्छ । उनि छैनन् बस छ त केवल उनको स्पर्श, उनको सुगन्ध"/>
१० कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेमीसँगको पहिलो रात…

७ आश्विन २०७३, शुक्रबार ०६:२२

दिया चन्द । त्यो  रात उनको प्रेमको नशा लागेर म कसरी ढले भन्ने कुरा आज आएर सम्झिदा पनि उत्तिक्कै आनन्द लाग्छ । उनि छैनन् बस छ त केवल उनको स्पर्श, उनको सुगन्ध, उनको कल्पना, उनको याद र उनको सपना मात्र ।

त्यो एक रात अनि एउटाको साथ, पुरै जिन्दगी पलभरमै जिएको जस्तो मेरो आभास, सायद उनको पनि । फेसबुकले सुरु गराएको हाम्रो परिचय बिस्तारै सामिप्यतातर्फ लम्किदा लम्किदै उनि मेरो र म उनको भइसकिएको थियो । उनका तस्विर र स्टाटसहरु निक्कै भलादमी, अनि कुरा गर्ने तरिका पनि ।

माघ महिना, तराईको चिसो, एउटा सानो झुप्रो घर ! उनले आज के लेखे ? कस्तो तस्विर अपडेट गरे ? अनि मलाई के म्यासेज लेखे ? बस यहि खुल्दुलीमा २ दिन बितेका थिए । हिउदको बेला तराईमा खासै बर्सात हुदैन, तर  त्यो समयमा भने लगातार ३ दिनसम्म पानी पर्यो, बिजुलीका पोलहरु ढले, टेलिफोन सेवा अवरुद्ध भयो । कहाँ के – कति क्षति भयो जानकारी लिन रेडियोसम्म थियो घरमा, लाईट नभएकाले टेलिभिजन चल्ने कुनै सम्भावना थिएन ।

दियोको सहाराले सबै काम सकेर खाना खाईवरी आफ्नो ओछ्यानमा पल्टिएको मात्र थिए झलल बत्ति आयो । २ दिनदेखि बन्द मोबाइल चार्ज गर्न मलाई चपेटो नै पर्यो । मोबाइल चार्जमा राखेर फेसबुक खोले, म्यासेन्जरमा ९९ प्लस म्यासेज भनेर रेडक्रसको जस्तो रातोप्ल्स देखाएको रहेछ  ।

मैले अरुको म्यासेज हेर्ने कुरै भएन, हेरुँ पनि किन ? उनको म्यासेज गनेर साध्य थिएन, अन्तिम म्यासेजबाट पढ्न सुरु गरे, उनको अन्तिम सन्देश यस्तो थियो ।‘तिमी कुन अवस्थामा छौ मलाई कुनै जानकारी छैन, तिम्रो बस्तीमा बाढी पसेको खबर संचारमाध्यममार्फत थाहा पाए । काली तिमी छिट्टै अनलाइन आउ न, म ४८ घण्टादेखि तिम्रै प्रोफाइल हेरेर बसेको छु ।’

मैले तत्काल रिप्लाई गरे, कालु म सकुशल छु चिन्ता नगर । उनले लेखे, ‘ओहो ! तिमी आयौ प्यारी, सर्वप्रथम मलाई तिम्रो अंगालो चाहियो आज तिमी मसँग नै छौ भन्ने कुराको आभाष गर्न चाहान्छु  ।यो ४८ घण्टा कति कठोरतापुर्वक बिताए मैले, यस्तो लाग्यो वर्षौंदेखी एक अर्काको भएर बाचेका हामी आज एक्कासी तिमी टाढा हुँदा म नितान्त एक्लो, पागलजस्तै बने !’

उनको यो म्यासेजले मुटुभित्र गहिरो डेरा जमायो । 

उनि लेख्दै गए, ‘आज अनुमति दियौ भने म सदासदाका लागि तिमीलाई मेरी बनाउन चाहान्छु, हरेक पल तिम्रो स्पर्शसँगै बिताउन चाहान्छु म । मैले तिमीलाई गर्ने मायाको कुनै सिमा हुदो हो त आज त्यो सिमा नाघेर म देखाईदिन्थे अनि त्यसपछि तिमीले जुनसुकै सजाए दिएपनि तिम्रो मायाको उपहार सम्झेर सहर्षस्वीकार गर्दथे रानी !’

यो २ दिनको दुरीले तिमीलाई सिमा नाघ्ने बनायो, मेरो अनुमति माग्ने बनायो । माग आज तिमि जे माग्छौ, म खुसी खुसी दिन तयार छु प्यारा ! पिडा उस्तै हो, प्रेम पनि उस्तै हो, मलाई पनि त्यस्तै भएको छ  । मलाई कहाँ तिम्रो नबन्ने रहर हुँदो हो त ?

‘सुन न् काली ! भनिन्छ नी, जिन्दगीमा कहिलेकाहीँ गरिएका कुनै गल्ती पनि यति मिठा हुन्छन कि ती कुनै असल काम भन्दा अझै प्यारा लाग्छन, हो आज मलाई पनि त्यहि गल्ति गर्न मन लाग्यो प्यारी ! के अनुमति मागे दिन्छ्यौ र् ? ’ उनको यति मिठो आग्रह म कसरि नकारु ?

हुन्छ, भन जे चाहान्छौ तिमी त्यहि माग ! आज तिमीले मागेकोभन्दा अलि  धेरै दिन मन छ मलाई पनि । यतिबेला म होइन उनीप्रतिको मेरो समर्पण बोल्दै थियो …

उनले भने, ‘सर्वप्रथम मलाई आफ्नो रगतको रातो टिकाले तिम्रो सिउँदो रंगाउन देउ !’हुन्छ, रंगाउ तिम्रै लागि खाली थियो यो सिउँदो आज भरिदेउ । मैले उनलाई  रोक्ने हिम्मत गर्न सकिन ।

‘आउ आज तिमि र मबीचको हरेक दुरी मेटिनुपर्छ । यो सारा संसारले हामी एक – अर्काको हौ भन्ने कुरा बुझ्नु पर्छ ।’ उनका प्रत्येक शब्द –शब्दले मलाई बिस्तारै घामको तापले हिउ पगालेजस्तै पागाल्दै थियो, मुटु निक्कै नै तिब्र गतिमा कुद्न थाल्यो । त्यो पल उनि र मबीचका सबै दुरी मेटिए तर काल्पनिक रुपमा । 

यस्तै यस्तै माया प्रेमका कुरा गर्दा गर्दै बिहान भएको पत्तै भएन, उनले भने ‘कुनै – कुनै रातहरु यति प्रिय बनिदिन्छन् भन्ने मैले कहिले सोचेको पनि थिएन् । हिजोअस्ति तिमीबिना निन्द्रा लागेन आज तिमी भएर निन्द्रा लागेन यो माया भने चिज यस्तै रहेछ ।’

मलाई म्यासेजमा यति भनेर उनले फिलिङ डीप लभ भन्दै एउटा स्टाटस लेखे ‘आफुले माया गर्ने मान्छे फूलजस्तै हुदाँ आफ्नो मन पुतलीजस्तै हुदो रहेछ, त्यसैले होला उनीलाई हरेक पल चुमिरहुँजस्तो लागेको छ ।’ उनको त्यो प्रेमिल स्टाटस मलाई ट्याग गरिएको थियो ! मैले लाइक ठोके !

मेरो मन खुशी हुदाँ उनको ओठ मुस्कुराउँछ अनि उनको आखाबाट आशु झर्दा मेरो मुटुमा बिझाउछ । सायद यहि नै प्रेम रहेछ ! त्यो बिहानीसँगै हामी आफ्नो निरन्तर काममा लाग्यौं, साँझ यसैगरी मिठो कुरा गर्ने र दिउसो एक अर्काको काममा डिस्टर्ब नगर्ने बाचा गरि छुट्टीयौं । उनले हिजो रातभरी भनेका कुराहरु सम्झिदै दिन बित्यो, साँझ पनि भयो, उनको कुनै सन्देश आएको होला भन्ने लगेर मैले फेसबुक खोलेर हेरे तर कुनै म्यासेज थिएन । 

आज निक्कै व्यस्त भएछन् काममा ठिकै छ भन्ने लगेर मैले नै म्यासेज लेखे, कहाँ छौ कालु म तिमीलाई अनलाइनमा कुरिरहेकी छु । कि हिजोको अनिदोले मलाई बिर्सायो ? कुनै सन्देश नै नछाडेर सुत्यौ र ? तिमीलाई थाहा छ, अस्ति म अनलाइन नहुँदा तिमिले मलाई पर्खेजस्तै म पनि तिमीलाई पर्खी बसेकी छु ।

लेख्दा लेख्दै रात बित्यो तर उनि आएनन्, मन चिसो भयो कतै उनि बिरामी त परेनन् ? फोन पनि उठेन । लाग्यो, आज उनको प्रोफाइल हेरेर बस्ने पालो मेरो रहेछ, मन अमिलो भएपछि उनलाई ट्याग गरेर एउटा स्टाटस लेखे ‘तिम्रै पर्खाइमा रात बितेर बिहानी पनि भयो तर तिमी अझै आएनौँ ।’ त्यसमा अरु थुप्रैले केके लेखे कुन्नी तर उनको कुनै प्रतिक्रिया आएन । त्यसपछि उनको फेसबुकमा मेरो लागि कुनै स्टाटस देखिएनन् ! न त कुनै म्यासेज नै ।

कस्तो विडम्बना ! आज वर्षौं बित्यो, त्यो रातपछिको बिहानीले उनलाई कहाँ पुर्यायो कहाँ ? उनले फेसबुकमा मसँगै बिताएको त्यो रात आज पनि मानसपटलमा मिठो याद बनेर बसेको छ ।  आज पनि हरेक रात उनि आउछन् की झैँ लाग्छ र उनैलाई पर्खिरहन्छु ! ती रातपछिका सुनौला रंगिन बिहानीहरु मेरो लागी फिक्का र रंगहीन बनेका छन् तर आशा मरेको छैन उनि एकदिन आउनेछ आफ्नी कालीलाई सम्झेर ।

भनिन्छ नी – सम्बन्ध प्रेमको कमिले हैन प्रेम धेरै र बिश्वास कम भएर टुट्छ छुट्छ तर हाम्रो सम्बन्धमा न बिश्वासको कमी छ न प्रेमको अनि छुट्यो भएर कसरि पत्याउ म ? -इताजाखबरबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड फिल्म‘अग्निदहन’को ’दाइ दाइ नभन मलाई’बोलको गीत सार्वजनिक माओवादीको सामान्य खबरदारी सभाले नै सरकार थुरथुर काम्यो : सचिव शाक्य सुनका असर्फी र चाँदीका सिक्का बिक्रीको तयारी, खरिद गर्न नागरिकता अनिवार्य एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैनन्: प्रधानमन्त्री पाकिस्तानले जित्यो इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिज हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ : प्रधानमन्त्री ओली एमाले हाम्रो प्रतिस्पर्धी भएकाले आगामी निर्वाचनमा धेरै तयारी गर्नपर्छ : डा.कोइराला काठमाडौंमा माओवादी केन्द्रको खबरदारी जुलुस पिएसजीसँगको पारिश्रमिक विवादमा एम्बापेको पक्षमा फैसला, पिएसजीले ६० मिलियन डलर दिनुपर्ने लिगइंग्लिस प्रिमियर फुटबल:लेस्टरमाथि नटिङघमको शानदार जीत नेपाल पर्यटन बोर्ड र राकुटेन भाइबरबिच सहकार्य इजरायलद्वारा इरानका सैन्य ठेगानामा क्षेप्यास्त्र आक्रमण आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै माओवादीको खबरदारी सभा आज : ३० हजार कार्यकर्ता सडकमा उतार्ने दाबी यु–१७ एसियन कपमा नेपाल कतारसँग ५–० गोलले पराजित रास्वपाले सरकारविरुद्धको आन्दोलनलाई आज पनि जारी राख्ने जावलाखेलमा जारी गोदावरी पुष्प मेलामा अवलोकनकर्ताको घुइँचो, २ दिनमा ४० लाखको कारोबार