असोज  ७, बैतडी । बैतडीको तल्लोसोराडमा नरभक्षी चितुवा मार्नका लागि खटिएको प्रहरी टोलीलाई खान तथा बसोबासको समस्या भएको छ । 

तल्लोसोराडको उदयदेव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज  ७, बैतडी । बैतडीको तल्लोसोराडमा नरभक्षी चितुवा मार्नका लागि खटिएको प्रहरी टोलीलाई खान तथा बसोबासको समस्या भएको छ । 

तल्लोसोराडको उदयदेव"/>

२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चितुवा मार्न गएका प्रहरी आफैं समस्यामा

२०७३, ७ आश्विन शुक्रबार ०८:१०

असोज  ७, बैतडी । बैतडीको तल्लोसोराडमा नरभक्षी चितुवा मार्नका लागि खटिएको प्रहरी टोलीलाई खान तथा बसोबासको समस्या भएको छ । 

तल्लोसोराडको उदयदेवमा गएको भदौ महिनामा चितुवाको आक्रमणबाट दुई बालिकाको ज्यान लिएपछि जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले चितुवालाई मार्ने निर्णय गरेको थियो । भदौ १९ गते जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको आकस्मिक बैठकले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ९(४) बमोजिम नरभक्षी चितुवालाई मार्नका लागि तत्काल हतियारसहित नेपाल प्रहरी खटाउने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम १५ जना प्रहरीको टोली प्रभावित क्षेत्रमा खटाएको हो । 

प्रहरीको टोली स्वास्थ्यचौकीको भवनमा बसिरहेको छ भने स्थानीयवासीसँग भाँडाकुँडा मागेर आफैंले पकाएर खाने व्यवस्था गरेको छ । चितुवा मार्नका लागि प्रहरीको टोली खटिएयता चितुवा भने कतै देखा नपरेको बताइएको छ । 

प्रहरी सहायक निरीक्षक लोकेन्द्र खड्काको नेतृत्वमा रहेको प्रहरी टोलीले रातदिन गस्ती गरेको भएपनि नरभक्षी चितुवा भने अहिलेसम्म फेला पार्न नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिए । 

चितुवालाई मार्नका लागि क्षेत्रीय प्रहरी कार्यालय दीपायलबाट थप सुरक्षाकर्मी मगाउने जिल्ला सुरक्षा समितिले निर्णय गरेको भए पनि क्षेत्रीयबाट प्रहरी मगाउन प्राविधिक समस्या रहेको प्रहरी नायब उपरीक्षक राणाले जानकारी दिए । नरभक्षी चितुवा मार्नका लागि खटाइएको प्रहरी टोलीलाई भने अर्को आदेश नभएसम्म उतै बस्न निर्देशन दिइएको छ । 

यसअघि पनि चितुवाले मानव बस्ती पसेर लगातार मानिसमाथि आक्रमण गर्न थालेपछि चितुवा मार्न २०६९ सालमा पनि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र वनरक्षकको टोली तल्ल्लोस्वराडमा पठाएको भएपनि चितुवा नभेटिएपछि त्यतिकै फर्किएको थियो । 

बैतडीको तल्लोस्वराडमा २०६८ सालदेखि हालसम्म २२ जनाको चितुवाको आक्रमणबाट ज्यान गइसकेको छ । उदयदेव, विशालपुर, महाकाली, पञ्चेश्वर, आमचौरा, गिरेगाडा, समौली, कुलाउ, मेलौली, रोडिदेवल लगायतका तल्लोस्वराडका गाविसका स्थानीय बासिन्दा चितुवाको आक्रमणले त्रसित बनेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने