असोज  ७, बैतडी । बैतडीको तल्लोसोराडमा नरभक्षी चितुवा मार्नका लागि खटिएको प्रहरी टोलीलाई खान तथा बसोबासको समस्या भएको छ । 

तल्लोसोराडको उदयदेव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज  ७, बैतडी । बैतडीको तल्लोसोराडमा नरभक्षी चितुवा मार्नका लागि खटिएको प्रहरी टोलीलाई खान तथा बसोबासको समस्या भएको छ । 

तल्लोसोराडको उदयदेव"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चितुवा मार्न गएका प्रहरी आफैं समस्यामा

७ आश्विन २०७३, शुक्रबार ०८:१०

असोज  ७, बैतडी । बैतडीको तल्लोसोराडमा नरभक्षी चितुवा मार्नका लागि खटिएको प्रहरी टोलीलाई खान तथा बसोबासको समस्या भएको छ । 

तल्लोसोराडको उदयदेवमा गएको भदौ महिनामा चितुवाको आक्रमणबाट दुई बालिकाको ज्यान लिएपछि जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले चितुवालाई मार्ने निर्णय गरेको थियो । भदौ १९ गते जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको आकस्मिक बैठकले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ९(४) बमोजिम नरभक्षी चितुवालाई मार्नका लागि तत्काल हतियारसहित नेपाल प्रहरी खटाउने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम १५ जना प्रहरीको टोली प्रभावित क्षेत्रमा खटाएको हो । 

प्रहरीको टोली स्वास्थ्यचौकीको भवनमा बसिरहेको छ भने स्थानीयवासीसँग भाँडाकुँडा मागेर आफैंले पकाएर खाने व्यवस्था गरेको छ । चितुवा मार्नका लागि प्रहरीको टोली खटिएयता चितुवा भने कतै देखा नपरेको बताइएको छ । 

प्रहरी सहायक निरीक्षक लोकेन्द्र खड्काको नेतृत्वमा रहेको प्रहरी टोलीले रातदिन गस्ती गरेको भएपनि नरभक्षी चितुवा भने अहिलेसम्म फेला पार्न नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिए । 

चितुवालाई मार्नका लागि क्षेत्रीय प्रहरी कार्यालय दीपायलबाट थप सुरक्षाकर्मी मगाउने जिल्ला सुरक्षा समितिले निर्णय गरेको भए पनि क्षेत्रीयबाट प्रहरी मगाउन प्राविधिक समस्या रहेको प्रहरी नायब उपरीक्षक राणाले जानकारी दिए । नरभक्षी चितुवा मार्नका लागि खटाइएको प्रहरी टोलीलाई भने अर्को आदेश नभएसम्म उतै बस्न निर्देशन दिइएको छ । 

यसअघि पनि चितुवाले मानव बस्ती पसेर लगातार मानिसमाथि आक्रमण गर्न थालेपछि चितुवा मार्न २०६९ सालमा पनि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र वनरक्षकको टोली तल्ल्लोस्वराडमा पठाएको भएपनि चितुवा नभेटिएपछि त्यतिकै फर्किएको थियो । 

बैतडीको तल्लोस्वराडमा २०६८ सालदेखि हालसम्म २२ जनाको चितुवाको आक्रमणबाट ज्यान गइसकेको छ । उदयदेव, विशालपुर, महाकाली, पञ्चेश्वर, आमचौरा, गिरेगाडा, समौली, कुलाउ, मेलौली, रोडिदेवल लगायतका तल्लोस्वराडका गाविसका स्थानीय बासिन्दा चितुवाको आक्रमणले त्रसित बनेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’