१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दसैँमा घर जाने यात्रुका लागि नागरिक सहायता कक्ष सञ्चालन

७ आश्विन २०७३, शुक्रबार ०८:५७

असोज ७, काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी प्रभागद्वारा बल्खुमा नागरिक सहायता कक्ष आजदेखि सञ्चालन गरिएको छ ।

दसैँमा घर जान चाहने यात्रु तथा त्यस क्षेत्रमा ट्राफिक सूचना लिन बटुवा वा सवारी चालक र व्यवसायीलाई आवश्यक सहयोग गर्ने उद्देश्यले सो कक्ष सञ्चालनमा ल्याइएको हो ।

यहाँ आज आयोजित कार्यक्रममा महानगरीय प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले ट्राफिकको समस्या न्यूनीकरण गर्न सबैको सहयोगको खाँचो औँल्याए। उनले सो कक्ष सञ्चालन भएपछि त्यस क्षेत्रमा यातायात क्षेत्रका बिचौलियाको अन्त्य हुने र सेवाप्रदायक तथा उपभोक्ता दुवै पक्षलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे ।

प्रहरी वरिष्ठ उपरीक्षक मिलन बस्नेतले काठमाडौँ उपत्यकाका विभिन्न १२ स्थानमा सो कक्ष सञ्चालन गर्ने योजना रहेको जानकारी दिँदै बल्खु, कलङ्की र नयाँ बसपार्कबाट सेवा सुरु भएको बताए ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका उपाध्यक्ष विजयबहादुर स्वाँर, नेसनल अटोमोबाइल डिलर एसोसिएसन अफ नेपालका सचिव कृष्णप्रसाद दुलाल, व्यवसायी रत्नकुमार श्रेष्ठ, रामकृष्ण कुँवर र स्थानीय समाजसेवी मोहनकुमार बस्नेतले सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक, व्यवसायीको सहकार्य र समन्वयको जरुरी रहेको बताए ।

स्थानीय सिखरापुर यातायात लिका अध्यक्ष गुन्जमानसिंह बस्नेतले बारा, पर्सा, रौतहट, मकवानपुर क्षेत्रका यात्रुहरु त्यस मार्ग भई आवतजावत गर्ने जानकारी दिँदै दैनिक दुई हजार भाडाका सवारी साधन त्यस क्षेत्रमा गुड्ने हुँदा सडक निर्माण कार्य चाँडो सम्पन्न गर्न माग गरे । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’