२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दसैँमा घर जाने यात्रुका लागि नागरिक सहायता कक्ष सञ्चालन

२०७३, ७ आश्विन शुक्रबार ०८:५७

असोज ७, काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी प्रभागद्वारा बल्खुमा नागरिक सहायता कक्ष आजदेखि सञ्चालन गरिएको छ ।

दसैँमा घर जान चाहने यात्रु तथा त्यस क्षेत्रमा ट्राफिक सूचना लिन बटुवा वा सवारी चालक र व्यवसायीलाई आवश्यक सहयोग गर्ने उद्देश्यले सो कक्ष सञ्चालनमा ल्याइएको हो ।

यहाँ आज आयोजित कार्यक्रममा महानगरीय प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले ट्राफिकको समस्या न्यूनीकरण गर्न सबैको सहयोगको खाँचो औँल्याए। उनले सो कक्ष सञ्चालन भएपछि त्यस क्षेत्रमा यातायात क्षेत्रका बिचौलियाको अन्त्य हुने र सेवाप्रदायक तथा उपभोक्ता दुवै पक्षलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे ।

प्रहरी वरिष्ठ उपरीक्षक मिलन बस्नेतले काठमाडौँ उपत्यकाका विभिन्न १२ स्थानमा सो कक्ष सञ्चालन गर्ने योजना रहेको जानकारी दिँदै बल्खु, कलङ्की र नयाँ बसपार्कबाट सेवा सुरु भएको बताए ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका उपाध्यक्ष विजयबहादुर स्वाँर, नेसनल अटोमोबाइल डिलर एसोसिएसन अफ नेपालका सचिव कृष्णप्रसाद दुलाल, व्यवसायी रत्नकुमार श्रेष्ठ, रामकृष्ण कुँवर र स्थानीय समाजसेवी मोहनकुमार बस्नेतले सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक, व्यवसायीको सहकार्य र समन्वयको जरुरी रहेको बताए ।

स्थानीय सिखरापुर यातायात लिका अध्यक्ष गुन्जमानसिंह बस्नेतले बारा, पर्सा, रौतहट, मकवानपुर क्षेत्रका यात्रुहरु त्यस मार्ग भई आवतजावत गर्ने जानकारी दिँदै दैनिक दुई हजार भाडाका सवारी साधन त्यस क्षेत्रमा गुड्ने हुँदा सडक निर्माण कार्य चाँडो सम्पन्न गर्न माग गरे । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से