२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

बालश्रममुक्त इट्टा उद्योगका लागि साझेदार संस्था विच संझौता सम्पन्न

२०७२, १६ कार्तिक सोमबार २३:४२

१५ कात्तिक । सौराह, चितवन । नेष्डो सुचना
विभाग/ठुलो संख्यामा बालश्रमिक प्रयोग हुँदै आएको इट्टा उद्योग क्षेत्रलाई बालश्रममुक्त वनाउनको लागि एक
अन्तर्राष्ट्रिय सेवामुलक संस्थाले परिक्षण परियोजना शुरुवात गरेको छ । ह्यूमानिटी युनाईटेड तथा ग्लोवल
फेयरनेश इनिसिएटिभले सो कार्यक्रमको शुरुवात गरेका हुन ।

यस
वर्ष नेपालका १५ जिल्लाका ३० वटा इट्टाउद्योगमा परिक्षणका रुपमा कार्यक्रम सञ्चालन गरिने भएको छ भने
अर्को वर्ष यो संख्यालाई वृद्धि गरी ५५ पु¥याईने छ । यस कार्यक्रमलाई वेटर व्रिक परियोजना नामकरण गरिएको
छ भने कार्यक्रम कार्यान्वयनका तीन चरणहरु हुनेछन् । पहिलो वर्ष पुर्ण रुपमा उद्योगलाई बालश्रममुक्त
वनाईनेछ, दोश्रो वर्ष बालश्रममुक्त इट्टा उद्योगमा कार्यरत कामदारको सुरक्षा र संरक्षणको लागि कार्य
गरिनेछ भने तेश्रो वर्ष उद्योगको प्राविधिक स्तरउन्नती गरी वावरणमैत्री र उच्च लाभमुखी वनाउनको लागि
आवश्यक सहयोग समेत उपलव्ध गराईनेछ ।

कार्यक्रमको स्थानीय तहमा
विभिन्न गैर सरकारी संस्थाहरु संगको साझेदारीमा कार्यान्वयन गरिनेछ । जस अन्र्तगत १५ जिल्लामा कार्यक्रम
कार्यान्वयनको लागि बालश्रमको क्षेत्रमा लामो अनुभव भएका ११ वटा साझेदार संस्थाहरु छनौट गरी सकिएको छ ।
परियोजनाको कार्यान्वयनको लागि इट्टा उद्योगका सञ्चालकहरुलाई दुई दिने आधारभुत तालिम सञ्चालन गर्नुका
साथै कार्यक्रम सञ्चालनको लागि दुई पक्षिय सैद्धान्तिक सहमती समेत भएको छ । साथै साझेदार संस्थाका
प्रमुख, कार्यक्रम संयोजक र लेखा हेर्ने कर्मचारी पनि दिन दिने परियोजना व्यवस्थापन सम्वन्धि तालिम हालै
चितवनको सौराहमा सम्पन्न भएको छ । तालिमका अवसरमा कार्यक्रमको दातृ निकाय जि.एफ.आई. र साझेदारी
संस्थाहरु विच आधिकारीक संझौता समेत आईतावार चितवनको सौराहमा सम्पन्न भएको छ ।

परियोजनाको कार्यक्षेत्रका रहेका जिल्लाहरु मध्ये लमजुङ्ग, गोरखा र नवलपरासी जिल्लामा
राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालले कार्यक्रम कार्यान्वयन गर्न गई रहेको
वताउनु हुँदै पहिलो वर्ष हरेक जिल्लामा एक एक वटा इट्टा उद्योगमा कार्यक्रम शुरुवात गरिने र अर्को वर्ष
थप उद्योगहरुमा विस्तार गरिने संस्थाका विभागीय प्रमुख विश्ववन्धु प्रसाईले जानकारी दिनु भयो । परियोजना
नेपालकै नयाँ अवधारणामा सञ्चालित पहिलो परियोजना हो । सरकारका शिक्षा मन्त्रालय, श्रम मन्त्रालय,
स्वास्थ्य मन्त्रालय लगायत धेरै सरोकारवालाको भुमिका रहने यस परियोजना सफल भएमा विश्वका अन्य देशमा समेत
यसको अवधारणालाई विस्तार गर्न सकिने ग्लोवल फेयरनेश इनिसिएटिभका राष्ट्रिय निर्देशक होमराज आचार्यले
वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह