४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

बालश्रममुक्त इट्टा उद्योगका लागि साझेदार संस्था विच संझौता सम्पन्न

१६ कार्तिक २०७२, सोमबार २३:४२

१५ कात्तिक । सौराह, चितवन । नेष्डो सुचना
विभाग/ठुलो संख्यामा बालश्रमिक प्रयोग हुँदै आएको इट्टा उद्योग क्षेत्रलाई बालश्रममुक्त वनाउनको लागि एक
अन्तर्राष्ट्रिय सेवामुलक संस्थाले परिक्षण परियोजना शुरुवात गरेको छ । ह्यूमानिटी युनाईटेड तथा ग्लोवल
फेयरनेश इनिसिएटिभले सो कार्यक्रमको शुरुवात गरेका हुन ।

यस
वर्ष नेपालका १५ जिल्लाका ३० वटा इट्टाउद्योगमा परिक्षणका रुपमा कार्यक्रम सञ्चालन गरिने भएको छ भने
अर्को वर्ष यो संख्यालाई वृद्धि गरी ५५ पु¥याईने छ । यस कार्यक्रमलाई वेटर व्रिक परियोजना नामकरण गरिएको
छ भने कार्यक्रम कार्यान्वयनका तीन चरणहरु हुनेछन् । पहिलो वर्ष पुर्ण रुपमा उद्योगलाई बालश्रममुक्त
वनाईनेछ, दोश्रो वर्ष बालश्रममुक्त इट्टा उद्योगमा कार्यरत कामदारको सुरक्षा र संरक्षणको लागि कार्य
गरिनेछ भने तेश्रो वर्ष उद्योगको प्राविधिक स्तरउन्नती गरी वावरणमैत्री र उच्च लाभमुखी वनाउनको लागि
आवश्यक सहयोग समेत उपलव्ध गराईनेछ ।

कार्यक्रमको स्थानीय तहमा
विभिन्न गैर सरकारी संस्थाहरु संगको साझेदारीमा कार्यान्वयन गरिनेछ । जस अन्र्तगत १५ जिल्लामा कार्यक्रम
कार्यान्वयनको लागि बालश्रमको क्षेत्रमा लामो अनुभव भएका ११ वटा साझेदार संस्थाहरु छनौट गरी सकिएको छ ।
परियोजनाको कार्यान्वयनको लागि इट्टा उद्योगका सञ्चालकहरुलाई दुई दिने आधारभुत तालिम सञ्चालन गर्नुका
साथै कार्यक्रम सञ्चालनको लागि दुई पक्षिय सैद्धान्तिक सहमती समेत भएको छ । साथै साझेदार संस्थाका
प्रमुख, कार्यक्रम संयोजक र लेखा हेर्ने कर्मचारी पनि दिन दिने परियोजना व्यवस्थापन सम्वन्धि तालिम हालै
चितवनको सौराहमा सम्पन्न भएको छ । तालिमका अवसरमा कार्यक्रमको दातृ निकाय जि.एफ.आई. र साझेदारी
संस्थाहरु विच आधिकारीक संझौता समेत आईतावार चितवनको सौराहमा सम्पन्न भएको छ ।

परियोजनाको कार्यक्षेत्रका रहेका जिल्लाहरु मध्ये लमजुङ्ग, गोरखा र नवलपरासी जिल्लामा
राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालले कार्यक्रम कार्यान्वयन गर्न गई रहेको
वताउनु हुँदै पहिलो वर्ष हरेक जिल्लामा एक एक वटा इट्टा उद्योगमा कार्यक्रम शुरुवात गरिने र अर्को वर्ष
थप उद्योगहरुमा विस्तार गरिने संस्थाका विभागीय प्रमुख विश्ववन्धु प्रसाईले जानकारी दिनु भयो । परियोजना
नेपालकै नयाँ अवधारणामा सञ्चालित पहिलो परियोजना हो । सरकारका शिक्षा मन्त्रालय, श्रम मन्त्रालय,
स्वास्थ्य मन्त्रालय लगायत धेरै सरोकारवालाको भुमिका रहने यस परियोजना सफल भएमा विश्वका अन्य देशमा समेत
यसको अवधारणालाई विस्तार गर्न सकिने ग्लोवल फेयरनेश इनिसिएटिभका राष्ट्रिय निर्देशक होमराज आचार्यले
वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी