असोज ७, बागलुङ । बागलुङदेखि छिमेकीमुलुक भारतको नयाँ दिल्लीसम्म सिधा बससेवा सुरु भएको छ । 

ना ५ ख ४२४९ नम्बरको ‘डिलक्स’ बस पहिलोप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज ७, बागलुङ । बागलुङदेखि छिमेकीमुलुक भारतको नयाँ दिल्लीसम्म सिधा बससेवा सुरु भएको छ । 

ना ५ ख ४२४९ नम्बरको ‘डिलक्स’ बस पहिलोप"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बागलुङ-नयाँदिल्ली बस सञ्चालन

७ आश्विन २०७३, शुक्रबार ०९:०६


असोज ७, बागलुङ । बागलुङदेखि छिमेकीमुलुक भारतको नयाँ दिल्लीसम्म सिधा बससेवा सुरु भएको छ । 

ना ५ ख ४२४९ नम्बरको ‘डिलक्स’ बस पहिलोपटक यात्रु लिएर यहाँबाट नयाँ दिल्लीका लागि प्रस्थान गरेको छ । धवलागिरि अञ्चल यातायात बस व्यवसायी सञ्चालक समितिले पोखरामा रहेको ‘मोर्डन ईरा टुर्स एन्ड ट्राभल्स’ प्रालिसँगको सहकार्यमा बससेवा सञ्चालन गरेको हो । 

सेवा आज यहाँ शुभारम्भगर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष डोलनाथ खनालले बागलुङ– नयाँदिल्ली बससेवाले सार्वजनिक यातायात सेवामा नयाँ आयाम थपेको बताए । 

उनले सर्वसाधारणप्रति समर्पित रहेर स्तरीय र मर्यादित सेवा प्रदान गर्न समितिलाई आग्रहगर्दै सार्वजनिक यातायात सेवालाई सुधार्न सरकारसँग मिलेर काम गर्न महासङ्घ तयार रहेको धारणा राखे । 

बागलुङ– नयाँदिल्ली बससेवा साताको आइतबार, बुधबार र शुक्रबार सुचारु रहने समितिले जनाएको छ । नयाँ दिल्लीबाट पनि सोही बार र समयमा बस बागलुङको लागि छुट्नेछ । यात्रुको चाहाना र सुविधालाई दृष्टिगत गरी ‘डिलक्स’ बसबाट सेवा दिइएको समितिका अध्यक्ष कुमार खड्काले बताए । 

बागलुङबाट छुटेको बस पोखरा, नारायणगढ, सुनौली नाका हुँदै नयाँ दिल्लीको मौरी गेट बरफ खानामा गएर रोकिनेछ । एकहजार ३२० किमिको उक्त यात्रामा प्रतियात्रु रु तीन हजार २०० नेपाली भाडादर कायम गरिएको अध्यक्ष खड्काले जानकारी दिए  । 

बागलुङदेखि छुटेको बस ३० घन्टामा नयाँदिल्ली पुग्नेछ । नयाँदिल्लीमा पनि काउन्टर स्थापना गरी बस सेवाको प्रचारप्रसार र व्यवस्थापनको काम भइरहेको जनाइएको छ । 

धवलागिरी क्षेत्रबाट रोजगारीको लागि भारतको नयाँदिल्ली र अन्य सहरमा पुगेका व्यक्ति, भारतीय पर्यटक, तीर्थयात्री, विद्यार्थी, पेसाकर्मी र उपचारमा जाने बस सेवाबाट प्रत्यक्ष लाभान्वित हुनेछन् । ‘यहाँबाट नयाँदिल्ली पुग्न धेरै झन्झट बेहोर्र्नुपर्ने अवस्थाको अब अन्त्य हुनेछ, ठाउँ–ठाउँमा गाडी फेरिन गर्नुपर्ने बाध्यता पनि टर्नेछ’ समितिका अध्यक्ष खड्काले भने । 

‘मोर्डन इरा टुर्स एन्ड ट्रार्भल्स’ प्रालिका अध्यक्ष केशव अधिकारीले यात्रुको पूर्ण सुरक्षाको ‘ग्यारेन्टी’ गरिएको बताए । प्रालिले दस वर्ष अघिदेखि पोखरा– नयाँदिल्ली बससेवा सञ्चालन गर्दै आएको छ । 

“पोखरादेखि सेवा दिँदा अधिकांश यात्रु धवलागिरी क्षेत्रकै भएको पायौँ’ अध्यक्ष अधिकारीले भन्नुभयो ‘धवलागिरीका सर्वसाधारणको सेवाका लागि बागलुङबाटै बससेवा सुरु गर्न सहकार्य गरेका हौँ ।” 

उनले मुस्ताङमा पर्ने पवित्र धार्मिकस्थल मुक्तिनाथ जाने भारतीय तीर्थयात्री र पर्यटकका लागि पनि बस सेवाले लाभ पुग्ने बताए । यात्रुको चाप अनुसार सेवालाई विस्तार गर्दै दैनिक रुपमा समेत बससेवा चलाउन सकिने समितिले जनाएको छ । 

निकट भविष्यमा भारतको सिलुगुढी, गुवाहटीमा पनि बससेवा सुचारु गर्ने योजना समितिसँग छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य