१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सडकमै सुतेर प्रदूषणको विरोध

७ आश्विन २०७३, शुक्रबार ११:५३


असोज ७, पर्सा । पर्यावरण संरक्षणको माग गर्दै प्रकृतिप्रेमी र विद्यालयका छात्रछात्राले सडकमै सुतेर विरोध जनाएका छन् । 

प्रकृति सेवा प्रतिष्ठान नेपालको अगुवाइमा आज बिहान पर्यावरण संरक्षणको माग गर्दै वीरगन्जको इनर्वास्थित भन्सार कार्यालय अगाडिको मूल सडकमै सुतेर विद्यार्थी तथा प्रकृतिप्रेमीले विरोध जनाएका हुन् । 

प्रतिष्ठानको अगुवाइमा भन्सार कार्यालय क्षेत्रमा भेला भएका सर्वसाधारण तथा प्रतिष्ठानका सदस्य र विद्यार्थीले मूल सडकमा बिहान ११ः१५ देखि ११ः३० बजेसम्म सडकमै सुती साङ्केतिक विरोध गरेका थिए । 

सबैभन्दा बढी प्रदूषण हुने वीरगन्जको भन्सार क्षेत्रका बासिन्दाको स्वास्थ्यप्रति सरोकारवाला निकायलाई गम्भीर बन्न पटक पटक लिखित तथा मौखिक आग्रह गर्दासमेत कुनै सुनुवाइ नभएपछि आज सडकमै सुती विरोध जनाएको प्रकृति सेवा प्रतिष्ठान नेपालका अध्यक्ष सरदार जशपाल सिंहले बताउनुभयो । 

वीरगन्जको शङ्कराचार्यद्वार नजिकैको दशगजा क्षेत्रमा उपमहानगरपालिकाले अव्यवस्थित रुपमा फाल्दै आएको फोहरलाई व्यवस्थापन गर्न र भन्सार क्षेत्रको सडकमा नियमित सफाइ गराउन उपमहानगरपालिका कार्यालय तथा स्थानीय प्रशासनलाई महिनौँदेखि गुहार गर्दा पनि कुनै सुनुवाइ नभएपछि बाध्य भएर स–साना नानीसहित सांकेतिक विरोध जनाएको अध्यक्ष सिंहको भनाइ छ । 

नेपालको मुख्य प्रवेशद्वारका रुपमा रहेको वीरगन्ज नाकाको दशगजा क्षेत्रमा उपमहानगरपालिकाले अव्यवस्थित रुपमा फाल्दै आएको फोहरका कारण सो क्षेत्र पूरै दुर्गन्धित भई स्थानीय बासिन्दा सहित आवतजावत गर्ने बटुवा पनि ठूलै सास्ती खेपेको जानकारी सम्बन्धित कार्यालयलाई गराउँदासमेत कुनै सुनुवाइ नभएको अध्यक्ष सिंहले गुनासो गर्नुभयो । 

प्रकृति सेवा प्रतिष्ठानले गराएको अनुसन्धानबाट जिल्लाको सबैभन्दा बढी प्रदूषित क्षेत्र नै भन्सार क्षेत्र भएको र सो क्षेत्रको सफाइका लागि दर्जनौँ पटक लिखित पत्र उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई बुझाउँदै अनुरोध गरे पनि कुनै सुनुवाइ नभएको अध्यक्ष सिंहले बताउनुभयो । उहाँले आजको सांकेतिक विरोधपछि पनि भन्सार क्षेत्रकोे समस्याप्रति स्थानीय निकाय र उपमहानगरपालिका गम्भीर नभए अब यसभन्दा पनि कडा विरोध गर्ने चेतावनी दिनुभयो । 

यसै विषयमा पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेसँग बुझ्दा उहाँले प्रतिष्ठानको विरोध प्रदर्शनलाई स्थानीय प्रशासनले सकारात्मक रुपमा लिएको र भन्सार क्षेत्रमा फालिएका फोहरलाई चाँडोभन्दा चाँडो उचित स्थानमा व्यवस्थापन गर्न उपमहानगरपालिका कार्यालयलाई निर्देशन गरिने जानकारी दिनुभयो । 

नेपालको मुख्य प्रवेशद्वारमै फोहर थुपारेर राख्दा वीरगन्ज नाकाबाट नेपाल प्रवेश गर्ने विदेशी पर्यटकमा नकारात्मक सन्देश प्रवाह हुने भएकाले फोहर व्यवस्थापन गर्न तत्काल नगरपालिकालाई निर्देशन गरिने प्रजिअ घिमिरेले प्रतिबद्धता जनाउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’