असोज ८, काठमाडौँ । काठमाडौँ महानगरपालिका–३५ सुविधानगरस्थित एकीकृत उपभोक्ता सङ्घले स्थानीय टोललाई सरसफाइ गरेर चिटिक्क बनाउने अभियान सुरु गरेको छ । 
<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज ८, काठमाडौँ । काठमाडौँ महानगरपालिका–३५ सुविधानगरस्थित एकीकृत उपभोक्ता सङ्घले स्थानीय टोललाई सरसफाइ गरेर चिटिक्क बनाउने अभियान सुरु गरेको छ । 
<"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुविधानगरलाई चिटिक्क बनाउने अभियान

८ आश्विन २०७३, शनिबार ०७:०६


असोज ८, काठमाडौँ । काठमाडौँ महानगरपालिका–३५ सुविधानगरस्थित एकीकृत उपभोक्ता सङ्घले स्थानीय टोललाई सरसफाइ गरेर चिटिक्क बनाउने अभियान सुरु गरेको छ । 

आउँदो बडादसैँलाई दृष्टिगत गरेर टोलभित्रका सडक, चोक, गल्ली र देवालयलाई सफासुग्घर तुल्याउन स्थानीयवासी सबै सरसफाइ अभियानमा जुटेको सङ्घका अध्यक्ष मदनकुमार सि वाकोटीले बताउनुभयो । 

स्थानीय मिलीजुली चोकबाट सुरु भएको अभियानमा त्यस क्षेत्रका न्यायाधीश, राजनीतिज्ञ, प्राध्यापक, बुद्धिजीवी, कलाकार, पत्रकारसहितले हातमा खरेटो, कुचो, साबेल, फोहर उठाउने डोको र बोरा बोकेर आज एकाबिहानै सडकमा झरेका थिए । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण काकी र पूर्वमन्त्री अग्निप्रसाद खरेल सम्मिलित उक्त अभियानमा सातदेखि ८० वर्ष उमेर समूहका सबै टोलबासी सरिक थिए । 

सो क्रममा घरमा सटर भाडामा लिएर व्यापार र व्यवसाय सञ्चालन गरेकाहरुलाई सडक पेटीमा सर्वसाधारणलाई हिँड्डुल गर्न अप्ठ्यारो हुने गरी सामान नराख्न तथा पसलबाट आएको फोहरको उचित व्यवस्थापन गरेर टोललाई चिटिक्क बनाउने अभियानमा सहयोग पु¥याउन आग्रह गरिएको थियो । 

त्यस क्षेत्रका २३० घरधनी एकीकृत उपभोक्ता सङ्घसँग आबद्ध रहँदै आएका छन् । यसअघि उक्त सङ्घको अगुवाइमा वाग्मती किनारमा वृक्षरोपण समेत गरिएको थियो । सङ्घले त्यस क्षेत्रका सबै सडक र गल्लीमा अब सौर्यबत्ती जडानलाई प्राथमिकता दिने जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’