असोज ८, काठमाडौँ । त्रिवि, पद्मकन्या बहुमुखी क्याम्पस बागबजारले नेपाली भाषामा अनावश्यक रुपमा उठेको विवाद र व्यक्तिविशेषका वर्णविन्याससम्बन्धी मतमतान्तरले भाषाको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ८, काठमाडौँ । त्रिवि, पद्मकन्या बहुमुखी क्याम्पस बागबजारले नेपाली भाषामा अनावश्यक रुपमा उठेको विवाद र व्यक्तिविशेषका वर्णविन्याससम्बन्धी मतमतान्तरले भाषाको "/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भाषालाई जथाभाबी नबिगार्न प्राध्यापकको अनुरोध

८ आश्विन २०७३, शनिबार ०७:१०

असोज ८, काठमाडौँ । त्रिवि, पद्मकन्या बहुमुखी क्याम्पस बागबजारले नेपाली भाषामा अनावश्यक रुपमा उठेको विवाद र व्यक्तिविशेषका वर्णविन्याससम्बन्धी मतमतान्तरले भाषाको हित र उन्नयन हुन नसक्ने जनाएको छ ।

उक्त क्याम्पसका प्रा, सहप्राध्यापक र उपप्रध्यापकले नेपाली भाषाको वर्णविन्यासका सम्बन्धमा चासो राख्दै निकालेको वक्तव्यमा भाषाको सार्वभौम प्रकृति र प्रवृत्ति परिवर्तनीयता हो भन्दै भाषासम्बद्ध जाति र वक्ताको सामाजिक संस्कृति, मूल्य र मान्यताको संवाहक साझा तत्व भएको उल्लेख छ ।

वक्तव्यमा भनिएको छ, “हरेक भाषाको संरचना र विकास प्रक्रिया त्यस भाषाका जाति र वक्ताका धर्म, दर्शन, विज्ञान, प्रविधि र व्यवहारोपयोगी वस्तु, सामग्री तथा भावनात्मक आस्था र उदात्तताअनुरुप भएको हुन्छ । त्यसैका आधारमा भाषाको व्यापकता हुने र चेतनाको स्तर विकसित हुने यथार्थ हो ।”

दशकौँदेखि नेपाली भाषा र नेपाली भाषीको क्षितिज फराकिलो बन्दै गएको तथा पुख्र्यौली अभिलेख र कृति लेख्य वर्णविन्यासका आधारमा देशदेशान्तरमा संरचित, विकसित र सुरक्षित रहँदै आएको उल्लेख गर्दै नेपाली भाषा देशान्तरमा मान्य र अध्ययनयोग्य भएर उपयोगी समेत भएको उक्त क्याम्पसले जनाएको छ ।

प्राध्यापकहरूले भनेका छन्, “देशदेशान्तरका जीवन व्यवहार र राज्यका विभिन्न निकायमा समेत दिनानुदिन उपयोग र प्रयोग भएर विस्तार हुँदै आएको गतिमान र उत्पादनशील नेपाली भाषको वर्णविन्यासमा विवाद निकालेर यसको सुस्थिरता र मान्यतामा अस्थिरता सिर्जना गर्नु उपयुक्त हुनै सक्तैन ।”

वर्तमान परिप्रेक्ष्यमा केही व्यक्तिविशेष र संस्थाले चल्दैआएको वर्णविन्यासको स्रोत देवनारी वर्णविन्यास भत्काउने, बदल्ने सर्वथा पूर्वाग्रहपूर्ण र सङ्कीर्ण कार्य भएको बताउँदै वक्तव्यमा नेपाली लिपि र वर्णविन्यासको स्रोत देवनागरी भाषा र संस्कृत भाषा भएको उल्लेख छ ।

नेपाली ठेट र आगन्तुक शब्दको तथा क्रियापदको आफ्नै वर्णविन्यासको मौलिक लेख्य नियम स्थापित भइरहेका सन्दर्भमा करोडौँको सरोकारको विषयलाई जथाभाबी नगर्न सबै पक्षलाई अनुरोध गरिएको छ ।

वक्तव्यमा डा कुमार कोइराला, डा दुर्गाप्रसाद अर्याल, डा हेमचन्द्र नेपाल, डा रेणुका जोशी, डा, ओम शर्मा, प्रा डा मनसा ठकुराठी, डा उदयराज रेग्मी, डा, विदुर चालिसे, डा जयन्तनाथ खनाल, डा गोविन्दप्रसाद गुरागाईं, डा कुलराज निरौला, शरच्चन्द्र वस्ती, अनिता ढुङ्गेल, डा भूपहरि पौडेल, डा हृदयवीर सिंहलगायत ८८ जनाले हस्ताक्षर गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल