असोज ८, कपिलवस्तु । वाणगङ्गा नदीमा गए राति आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा वाणगङ्गा नगरपालिका–१४ मधुवनका ४५ वर्षीय भीम अर्याल र उनकी भाउज्यू ५९ वर्षीया लीला जिसी भएको प्रहरीले जनाएको छ ।
लीलाका नाति नौ वर्षीय सुशील भने बाँच्न सफल भएका छन् । वाणगङ्गा–१० झङ्गामा आफन्तलाई भेटेर घर फर्कदै गर्दा उनीहरुलाई बाढीले बगाएको थियो । रासस