असोज ८, काठमाडौं । के तपाईँ सार्वजनिकस्थानमा गलत कार्य गर्दै हुनुहुन्छ ? गर्दैहुनुहुन्छ भन्ने सचेत हुनुहोस्, तपार्इँ क्लोज सर्किट टेलिभिजन (सिसिटिभी) क्यामेराको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ८, काठमाडौं । के तपाईँ सार्वजनिकस्थानमा गलत कार्य गर्दै हुनुहुन्छ ? गर्दैहुनुहुन्छ भन्ने सचेत हुनुहोस्, तपार्इँ क्लोज सर्किट टेलिभिजन (सिसिटिभी) क्यामेराको "/>
२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सावधान, तपाईँ सिसिटिभी क्यामेराको निगरानीमा !

२०७३, ८ आश्विन शनिबार १२:५२

असोज ८, काठमाडौं । के तपाईँ सार्वजनिकस्थानमा गलत कार्य गर्दै हुनुहुन्छ ? गर्दैहुनुहुन्छ भन्ने सचेत हुनुहोस्, तपार्इँ क्लोज सर्किट टेलिभिजन (सिसिटिभी) क्यामेराको निगरानीमा हुनुहुन्छ ।

काठमाडौं उपत्यकाको अति व्यस्तस्थल,संवेदनशील क्षेत्र र प्रमुख सडक क्षेत्रमा सिसिटिभी जडान गर्ने कार्यलाई प्रहरीले तीव्रता दिएको छ । चक्रपथ क्षेत्रभित्र दुई सय ४१ ठाउँमा सिसिटिभी जडान छ । अब चक्रपथ बाहिर ९४ स्थानमा सिसिटिभी जडान गर्ने काम भइरहेको महानगरीय प्रहरी कार्यालयका आयुक्त प्रतापसिंह थापाले बताए ।

करिब दुई करोडको लगानीमा जावलाखेल, सातदोबाटो, एकान्तकुना, बूढानिलकण्ठ र महाराजगन्ज लगायत स्थानमा नयाँ क्यामेरा जडान गर्न लागिएको हो ।

आयुक्त थापाले सिसिटिभी जडानले नागरिकलाई सार्वजनिकस्थानमा गलतकार्य नगर्न सचेत गराउने प्रहरीको विश्वास रहेको बताए । कतिपय बेला घटना घटिसकेपछि सम्बन्धित घटनाबारे सिसिटिभीको रेकर्डमार्फत अध्ययन अनुसन्धान गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन समेत यसको प्रयोग प्रभावकारी भएको उनको भनाइ छ ।

नघुम्ने स्थिर क्यामरा र घुम्नसक्ने ‘पिटिजेड’ क्यामरा गरी दुई किसिमका सिसिटिभी क्यामरा जडान गरिएको छ । पुराना क्यामराको क्षमता केही कम भए पनि नयाँ जडान गरिएका क्यामरा अत्याधिक क्षमतायुक्त छन् । आयुक्त थापाले भने, ‘कुनै व्यक्तिले कागजमा के लेखिरहेको छ भन्ने समेत ‘जुम’ गरेर हेर्न सकिन्छ ।

कुनै शङ्कास्पद गतिविधि क्यामेरामा देखिएमा तुरुन्त त्यस स्थानमा प्रहरी परिचालन गर्नेदेखि लिएर सडकको अस्तव्यस्तता र फुटपाथको अतिक्रमण हटाउनसम्मका काममा क्यामेरा सहयोगी बनेको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक शरद चन्दले बताए ।

प्रहरीले सिसिटिभी क्यामरा राखेपनि ति स्थानमा क्यामरा राखिएको जानकारी सार्वजनिक रुपमा दिनुपर्नेमा त्यसो नगरेको कारण विवादको घेरामा समेत परेको छ । प्रवक्ता चन्दले भने, क्यामेरा राखेका ठाउँमा तपाईँ सिसिटिभी निगरानीमा हुनुहुन्छ भन्ने जानकारी सहितको बोर्ड लेखेर राखेका छौं, तर कतियप ठाउँमा स्थान अभावका कारण जानकारी दिन नसकेको सत्य हो ।’

प्रहरीले सवारी साधनबाट अनावश्यक रकम असुल्ने आरोप लागेका स्थान नागढुङ्गा, थानकोटमा समेत अत्याधुनिक क्षमतायुक्त क्यामरा राखिएको छ । आयुक्त कार्यालयको भूई तल्लाको एक कोठमा उपत्यकाभरिको गतिविधि सिसिटीभी मार्फत निगरानी गरी राखिएको छ । त्यहाँ आधा दर्जन भन्दा बढी प्रहरीले २४ सै घण्टा निगरानी गरिराखेका हुन्छन् ।

त्यसबाहेक सार्वजनिक समारोह, पर्व, प्रदशर्नमा समेत स्थान विशेषमा सो दिनका लागि छुट्टै सिसिटिभी क्यामेरा जडान गरी प्रहरीले निगरानी गर्ने गरेको छ । क्यामराबाट ती स्थानमा खटिएका प्रहरीको समेत निगरानी गरिएको हुन्छ ।

विद्युत्भार कटौतीले समस्या

विद्युत्भार कटौतीले रात्रीको समयमा सिसिटिभी क्यामेरावाट काम गर्न समस्या परेको आयुक्त थापाले बताए । विद्युत् नहुँदा रेकर्डिङ गर्न समस्या पर्ने र अन्धकारमा खिचेको दृश्य केही नदेखिने जस्ता चुनौतीको सामना गर्नु परिरहेको दावी उनको छ ।

दरबारमार्ग, बानेश्वर लगायत स्थानमा सोलार जडान गरिएका कारण सिसिटिभी सञ्चालनमा समस्या नपरे पनि अन्यत्र समस्या रहेको आयुक्त थापाको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने