असोज ८, काठमाडौं । के तपाईँ सार्वजनिकस्थानमा गलत कार्य गर्दै हुनुहुन्छ ? गर्दैहुनुहुन्छ भन्ने सचेत हुनुहोस्, तपार्इँ क्लोज सर्किट टेलिभिजन (सिसिटिभी) क्यामेराको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ८, काठमाडौं । के तपाईँ सार्वजनिकस्थानमा गलत कार्य गर्दै हुनुहुन्छ ? गर्दैहुनुहुन्छ भन्ने सचेत हुनुहोस्, तपार्इँ क्लोज सर्किट टेलिभिजन (सिसिटिभी) क्यामेराको "/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सावधान, तपाईँ सिसिटिभी क्यामेराको निगरानीमा !

८ आश्विन २०७३, शनिबार १२:५२

असोज ८, काठमाडौं । के तपाईँ सार्वजनिकस्थानमा गलत कार्य गर्दै हुनुहुन्छ ? गर्दैहुनुहुन्छ भन्ने सचेत हुनुहोस्, तपार्इँ क्लोज सर्किट टेलिभिजन (सिसिटिभी) क्यामेराको निगरानीमा हुनुहुन्छ ।

काठमाडौं उपत्यकाको अति व्यस्तस्थल,संवेदनशील क्षेत्र र प्रमुख सडक क्षेत्रमा सिसिटिभी जडान गर्ने कार्यलाई प्रहरीले तीव्रता दिएको छ । चक्रपथ क्षेत्रभित्र दुई सय ४१ ठाउँमा सिसिटिभी जडान छ । अब चक्रपथ बाहिर ९४ स्थानमा सिसिटिभी जडान गर्ने काम भइरहेको महानगरीय प्रहरी कार्यालयका आयुक्त प्रतापसिंह थापाले बताए ।

करिब दुई करोडको लगानीमा जावलाखेल, सातदोबाटो, एकान्तकुना, बूढानिलकण्ठ र महाराजगन्ज लगायत स्थानमा नयाँ क्यामेरा जडान गर्न लागिएको हो ।

आयुक्त थापाले सिसिटिभी जडानले नागरिकलाई सार्वजनिकस्थानमा गलतकार्य नगर्न सचेत गराउने प्रहरीको विश्वास रहेको बताए । कतिपय बेला घटना घटिसकेपछि सम्बन्धित घटनाबारे सिसिटिभीको रेकर्डमार्फत अध्ययन अनुसन्धान गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन समेत यसको प्रयोग प्रभावकारी भएको उनको भनाइ छ ।

नघुम्ने स्थिर क्यामरा र घुम्नसक्ने ‘पिटिजेड’ क्यामरा गरी दुई किसिमका सिसिटिभी क्यामरा जडान गरिएको छ । पुराना क्यामराको क्षमता केही कम भए पनि नयाँ जडान गरिएका क्यामरा अत्याधिक क्षमतायुक्त छन् । आयुक्त थापाले भने, ‘कुनै व्यक्तिले कागजमा के लेखिरहेको छ भन्ने समेत ‘जुम’ गरेर हेर्न सकिन्छ ।

कुनै शङ्कास्पद गतिविधि क्यामेरामा देखिएमा तुरुन्त त्यस स्थानमा प्रहरी परिचालन गर्नेदेखि लिएर सडकको अस्तव्यस्तता र फुटपाथको अतिक्रमण हटाउनसम्मका काममा क्यामेरा सहयोगी बनेको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक शरद चन्दले बताए ।

प्रहरीले सिसिटिभी क्यामरा राखेपनि ति स्थानमा क्यामरा राखिएको जानकारी सार्वजनिक रुपमा दिनुपर्नेमा त्यसो नगरेको कारण विवादको घेरामा समेत परेको छ । प्रवक्ता चन्दले भने, क्यामेरा राखेका ठाउँमा तपाईँ सिसिटिभी निगरानीमा हुनुहुन्छ भन्ने जानकारी सहितको बोर्ड लेखेर राखेका छौं, तर कतियप ठाउँमा स्थान अभावका कारण जानकारी दिन नसकेको सत्य हो ।’

प्रहरीले सवारी साधनबाट अनावश्यक रकम असुल्ने आरोप लागेका स्थान नागढुङ्गा, थानकोटमा समेत अत्याधुनिक क्षमतायुक्त क्यामरा राखिएको छ । आयुक्त कार्यालयको भूई तल्लाको एक कोठमा उपत्यकाभरिको गतिविधि सिसिटीभी मार्फत निगरानी गरी राखिएको छ । त्यहाँ आधा दर्जन भन्दा बढी प्रहरीले २४ सै घण्टा निगरानी गरिराखेका हुन्छन् ।

त्यसबाहेक सार्वजनिक समारोह, पर्व, प्रदशर्नमा समेत स्थान विशेषमा सो दिनका लागि छुट्टै सिसिटिभी क्यामेरा जडान गरी प्रहरीले निगरानी गर्ने गरेको छ । क्यामराबाट ती स्थानमा खटिएका प्रहरीको समेत निगरानी गरिएको हुन्छ ।

विद्युत्भार कटौतीले समस्या

विद्युत्भार कटौतीले रात्रीको समयमा सिसिटिभी क्यामेरावाट काम गर्न समस्या परेको आयुक्त थापाले बताए । विद्युत् नहुँदा रेकर्डिङ गर्न समस्या पर्ने र अन्धकारमा खिचेको दृश्य केही नदेखिने जस्ता चुनौतीको सामना गर्नु परिरहेको दावी उनको छ ।

दरबारमार्ग, बानेश्वर लगायत स्थानमा सोलार जडान गरिएका कारण सिसिटिभी सञ्चालनमा समस्या नपरे पनि अन्यत्र समस्या रहेको आयुक्त थापाको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’