असोज १०, गोरखा । भूकम्पपछि अवरुद्ध गोरखाको मनास्लु पदमार्ग खुलाउन जिल्ला विकास समितिले प्राविधिकसहितको टोली खटाएको छ । 

थुमीको सोतीदेखि सिर्दिवास "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १०, गोरखा । भूकम्पपछि अवरुद्ध गोरखाको मनास्लु पदमार्ग खुलाउन जिल्ला विकास समितिले प्राविधिकसहितको टोली खटाएको छ । 

थुमीको सोतीदेखि सिर्दिवास "/>

2026-09-08 11:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

मनास्लु पदमार्ग दसैँअघि खुलाइने, ५० लाख बजेट विनियोजन

असोज १०, गोरखा । भूकम्पपछि अवरुद्ध गोरखाको मनास्लु पदमार्ग खुलाउन जिल्ला विकास समितिले प्राविधिकसहितको टोली खटाएको छ । 

थुमीको सोतीदेखि सिर्दिवास गाविससम्मको पदमार्ग दसैँअघि सुचारु गर्न जिल्ला प्राविधिक कार्यालयका ओभरसियर लालबहादुर गुरुङ र राजनीतिक परामर्श समितिका सदस्य अध्ययन गर्न खटिएका छन् । 

नेपाली काँग्रेसका जिल्ला सचिव पूर्णबहादुर दाहाल, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य विष्णु भट्ट, नेपाल परिवार दलका जिल्ला अध्यक्ष रवीन्द्र थापा, नयाँ शक्ति पार्टी नेपालका रमेश पोखरेललगायतको टोली आज पदमार्गको अवस्था अवलोकन गर्न गएको जिविसका योजना तथा प्रशासकीय अधिकृत सतिशकुमार भट्टराईले जानकारी दिनुभयो । 

“तत्काल पदमार्ग खुलाउन रु ५० लाख बजेट विनियोजन गरिएको छ” उहाँले भन्नुभयो, “स्थानीय कामदार प्रयोग गरी छिट्टै पदमार्ग खुलाइन्छ ।” पदमार्गमा पहिरैपहिरो झरेको छ । पदमार्ग खुलाउन परिचालन भएको टोलीले कहाँ कस्तो बाटो निर्माण गर्दा दीर्घकालीन हुन्छ, सुझाव दिने बताइएको छ । पर्यटन रोयल्टीको बजेटले पदमार्ग खुलाउन लागिएको हो । 

यस्तै पदमार्गको प्रोक–सामागाउँ खण्डको मर्मत गरिएको छ । नेपाल पर्यटन बोर्डको करिब रु दुई करोड बजेटले १० किलोमिटर पदमार्ग खुलाइएको हो । पदमार्ग निर्माणको जिम्मा पाएको काठमाडौँस्थित नागर्जुङ नाना कल्पवृक्ष जेभीका प्रमुख सन्त गुरुङले पहिरो झरेका क्षेत्रमा वैकल्पिक पदमार्ग निर्माण गरी पदमार्ग सुचारु गरेको जानकारी दिनुभयो । 

प्रोकको नाम्रुङ बजारपछिको ठूलो पहिरो र ल्हो–स्याला खोलामा पहिलेको पदमार्गको वारिपारि पर्ने गरी पदमार्ग बनाइएको छ । नयाँ ट्रयाक खोल्ने, ढुङ्गा छाप्ने, पुल बनाउने र पर्खाल लगाएर पदमार्ग व्यवस्थित बनाएपछि स्थानीयवासी तथा पर्यटकलाई सुविधा भएको छ । 

यस्तै चुमभ्याली जोड्ने चुम्चेत गाविसस्थित सर्दीखोलामा पुल नहुँदा चुम्चेत र छेकम्पारमा आवतजावत गर्न पहरापहरा डोरीमा झुन्डिएर जोखिमपूर्ण यात्रा गर्नुपरेको चुम्चेतका गाविस सहायक शेराप गुरुङले गुनासो गर्नुभयो । सर्दीखोलामा निर्माण गरिएको काठे पुल बर्खाको भेलले बगाएपछि समस्या भएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो