२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

हाम्रो अस्पताल राम्रो अस्पताल तर कहिले ?

२०७२, ८ असार मंगलवार ०४:३८

-जिबराज बख्रेल

मलिन मुहार, घरी
उभिने त घरी बस्ने, घरी घरीघरी लामो सुस्केरा फेर्दै डाक्टरको कोठासम्म पुग्ने अनि आफ्नो सानो छोरा लाइ
काखमा राखेर सुम्सुम्याउदै , गर्मि मौसम घरी घरी अनुहार भरी देखिएका पसिना पुछ्दै । आइतबार बिहान पौने
११ बजे हेटौडा अस्पतालमा देखिएको दृष्य हो यो । अस्पतालमा उपचारका लागि आएका बिरामीहरू यसरी नै आफ्नो
पीडालाई सम्हाली रहेका थिए । कति वेला डाक्टर आउलान् र उपचार सुरु होला भन्दै डाक्टरको प्रतिक्षामा
आफ्नो पीडा दबाइरहेका थिए उनीहरू ।

आफनो १ बर्षिय छोरालाई उपचार गराउन अस्पताल आउनु भएकी सिता नेपाल पनि यस्तै मलिन मुहार
लगाएर डाक्टरको पर्खाइमा हुनुहुन्थो । कतिबेला डाक्टर आउलान् र उपचार सुरुहोला भन्दै उहाँ वल्लोदेखि
पल्लो त पल्लोदेखि वल्लो बेञ्चमा सुस्केरा हाल्दै सर्दैबस्दै गर्नु भएको थियो । उहाँको अवस्था देख्दैमा
धेरै आतुर र चिन्तित देखिनुहुन्थ्योे । समस्या परेको मानिसले मात्र एक मिनेट पनि कति पीडादायी हुन्छ यो
भोगपछि मात्र महशुस गर्न सक्छ । कति बेला डाक्टरले हेर्लान् र आफ्नो छोराको रोग निको होला,र खुशि देख्न
पाँउला भन्ने आशमा अस्पताल पुगेका बिरामीले पौने घन्टा सम्म पनि डाक्टरको मुख देख्न पाउदैनन् भने कस्तो
हुन्छ होला? अस्पतालमा उपचारका लागि आउने प्राय सबैको मनमा यो बिचार आउनु स्वभाबिक हो ।

बिहान पौने ११ बजेसम्म बिभिन्न
पिडाबाट छट्पटाइ रहेका आफ्ना सन्तानको अस्पतालमा उपचारका लागि करीब २० जनाको लाम देखिन्थो । तर उपचार
प्रक्रिया सुरु भएको थिएन । सबैका आखाँ डाक्टर कतिबेला उपचार गर्ने कोठामा छिर्लान र नाम बोलाउलान भनेर
डाक्टरको कोठा तिरै थिए । डाक्टर नभएर उपचार सुरु नभएको होइन । जिल्ला अस्पतालमा डाक्टरको असुविधा पनि
छैन । तर, अस्पतालमा हुदाँहुदै पनि समयमा डाक्टरले उपचार सुरु नर्गदा बिरामीले पीडा भोग्नु परेको हो ।
बिहान पौने एघार बजे डा बिरामी परिक्षणका लागि कोठामा पसेपछि चौकिटोल बाट छोराको उपचारका लागि १० बजे नै
अस्पताल आउनु भएको गोमा अधिकारीले भन्नुभयो, ‘डाक्टर त अस्पतालमानै रहेछन् अलि छिटो किन नजाँचेका होलान्
?अधिकारी मात्र हैन उपचारका लागि पुगेका सबैको मनमा यहि प्रश्न थियो । हिजो देखि केहि खाएको छैन ‘एक
मिनेट छिटो जाँच गरे पनि त अलिकति खाना खान्थ्योकि अधिकारी भन्दै हुनुहुन्थ्यो ।

वाल उपचार कक्ष एउटा उदाहरण मात्रै हो ।
हेटौडा अस्पतालमा उपचारकालागि पुगेका जो कोहीको पनि मनमा आफुलाइ सरीरमा भएको पिडा त छदैछ सँगसगै कति
बेला पालो आउँछ र उपचार पाइन्छ भन्ने चिन्ताले पनि सताइ रहेको हुन्छ , उपचार सेवा लिन गएको बिरामि हरु
को एउटै गुनासो सुनिन्छ डक्टर को प्रतिक्षामा घण्टौं कुर्नु परेको, अझ भुकम्पका कारण अस्पतालमा भित्ता
पुगेको क्षतिका कारण चर्किएको भवनमा बसेर सेवा लिन बाद्य भएका बिरामि हरुको लागि घण्टौको कुराई निकै
कष्ट पुर्ण देखिन्थ्यो , उनि हरु भन्दै थिए ९ बजे टिकट काटेको २ बजे पालो आउन गह्रो छ । मलिन अनुहार
लिएर अस्पतालको चौरमा घुमि रहनुभएका हेटौडा ८ कमानेका ऋिषि प्रसाद बख्रेल पनि आफनो हातको उपचार गराउन
आएको डक्टर नभएको भन्दै अर्को दिन आउनु भनेर टिकटै नकाटि फर्काइ दिएको भन्दै आफ्नो दुखेसो पोख्दै हुनु
हन्थ्यो , मकवानपुरको एक मात्र सरकारी अस्पताल त्यस माथि पनि क्षेत्रिय स्तरको अस्पतालमा डक्टर नभएको
भन्दै बिरामि हरु फर्कनु हदै सम्मको लाजमर्दाे करा हो । डक्टर भएपनि दक्ष डाक्टर नभएको कारण सामान्य
उपचारको लागिपनि जिल्ला बाहिरका अस्पतालमा रीफर गरीनु हेटौडा अस्पतालको अर्को नकारात्मक पक्ष देखिन्छ
,

हेटौडा अस्पतालमा
आउने अधिकांस बिरामि र बिरामिका आफन्तहरुले हेटौडा अस्पतालमा पुगेपछि गुनासो गरी रहेका हुन्छन् कसैको
कर्मचारीको अपसब्ध गरेकको गुनासो हुन्छ त कसैको फोहोर ब्यबस्थापन नभएको र सेवा लिन अप्ठेरो परेको गुनासो
हुन्छ ।बिभिन्न समयमा परीबर्तन भइ राम्रो र गुणस्तरीय सेवा प्रवाहका लागि कामगर्ने भनेर चुनिएका संचालक
समितीले पनि सोचे अनुसारको प्रभाककारी काम गरेको देखिदैन ।त्यस माथि पनि केहि समय अगाडि आयको भुकम्पले
क्षति पुगेका अस्पतालको रहेको अपरेशन वार्ड,पोष्ट अपरेशन वार्ड र ओपिडि बहिरंग सेवा दिइरहेको भवनको
भौतिक संरचनाका कारण सेवा सुधारमा झनै चुनैति देखिएको छ।

क्षतिलाई चुनैति र गुनासोलाइ सुझव र सुधारको अवसर
मानेर अब नव निर्माणमा र गुणस्तर सुधारमा प्रभाबकारी रुपमा काम गर्ने हो भने हटौडा अस्पताल लाई नमुना
अस्पतालको रुपमा स्थापित गराउन सकिने देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण