भदौ १०, भक्तपुर । भक्तपुर जिल्लालाई नेपालकै पहिलो योग जिल्ला घोषणा गरिएको छ । योग तथा ध्यानका माध्यमबाट शारीरिक स्वास्थ्य तथा अध्यात्मिक भावना "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १०, भक्तपुर । भक्तपुर जिल्लालाई नेपालकै पहिलो योग जिल्ला घोषणा गरिएको छ । योग तथा ध्यानका माध्यमबाट शारीरिक स्वास्थ्य तथा अध्यात्मिक भावना "/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भक्तपुर पहिलो योग जिल्ला घोषणा

१० आश्विन २०७३, सोमबार ०६:२३


भदौ १०, भक्तपुर । भक्तपुर जिल्लालाई नेपालकै पहिलो योग जिल्ला घोषणा गरिएको छ । योग तथा ध्यानका माध्यमबाट शारीरिक स्वास्थ्य तथा अध्यात्मिक भावना जागृत गर्ने उद्देश्यले आज वन तथा भू–संरक्षण मन्त्री शङ्कर भण्डारीले भक्तपुरलाई नेपालकै पहिलो योग जिल्ला घोषणा गर्नुभएको हो । 

योग जिल्ला समन्वय समितिले आयोजना गरेको घोषणासभामा मन्त्री भण्डारीले मानव जीवन र स्वास्थ्यसँग जोडिएको योगलाई मानवका दैनिक गतिविधिसँग जोड्नुपर्ने बताउनुभयो । योगको क्षेत्रमा कार्यरत पतञ्जली योग समिति भक्तपुर, मनोक्रान्ति योग साधना केन्द्र, ब्रह्मकुमारी राजयोग केन्द्र, ओशो ध्यान केन्द्र भक्तपुर, चरित्र निर्माण सङ्घ, शिवयोग साधना केन्द्र, मङ्गल योग तथा प्राकृतिक चिकित्सा उपचार केन्द्र, बाराही योग तथा प्राकृतिक चिकित्सालय, यशोधरा योग साधना केन्द्रको समन्वयमा योग जिल्ला घोषणा गरिएको हो । 

घोषणासभामा पूर्वमन्त्री महेश बस्नेत, देवीप्रसाद ओझा, पूर्वसहायकमन्त्री हरिशङ्कर परियार, सांसद केदार सञ्जेल, प्रजिअ तेजप्रसाद पौडेल, स्थानीय विकास अधिकारी धु्रवप्रसाद कोइराला, प्रहरीप्रमुख किरण बज्राचार्य र नेपाली काँग्रेसका जिल्ला प्रतिनिधिको सहभागिता थियो । 

भक्तपुरको कुल जनसङ्ख्यामध्ये १० देखि ७० वर्ष उमेर समूहको ५१ प्रतिशतभन्दा बढी जनसङ्ख्या योगसँग प्रचलित योगमध्ये कुनै न कुनै प्रकारको योगका बारेमा जानकारी भएको, योगाभ्यास एवम् ध्यान साधना गर्ने, नगरपालिकाको प्रत्येक वडामा एक केन्द्र विस्तारलगायतका मापदण्ड पूरा गरी जिल्लालाई योग जिल्ला घोषणा गरिएको समन्वय समितिका अध्यक्ष बालमुकुन्द सुवालले बताउनुभयो । हाल भक्तपुरमा एक सय ५७ योग तथा साधना केन्द्र भएको जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल