असोज १०, काठमाडौं । जाजरकोटको जंगलमा एकै ठाउँमा ५ सय ८० राउण्ड गोली भेटिएको छ ।
खलंगा–डोल्पा सडक खण्ड अन्तरगत थाप्लेचौरको जंगलमा ५ सय"/>

खलंगा–डोल्पा सडक खण्ड अन्तरगत थाप्लेचौरको जंगलमा ५ सय ८० राउन्ड गोली भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । बाटो खन्न गएका स्थानीयले ठूलो परिमाणमा गोली भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।
इन्सास राइफल लगायत अत्याधुनिक हतियारमा लाग्ने गोली भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका निमित्त प्रमुख प्रहरी निरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिए ।
युद्धका बेला नै जंगलमा छाडिएको गोली हुन सक्ने प्रहरीको भनाइ छ ।
मओवादी जनयुद्धकाबेला जाजरकोट सदरमुकाम खलंगामा माओवादीले भीषण आक्रमण गरेको थियो । दुईवर्ष अघि पनि प्रहरीले जाजरकोट रिम्नाको रानीवनमा ठूलो मात्रामा हतियार फेला पारेको थियो ।