२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चार बुँदे माग राख्दै डा.केसी नवौं पटक अनसनमा

२०७३, १० आश्विन सोमबार १०:३१


असोज १०, काठमाडौं । अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्नेसहितका माग राखेर डा.गोविन्द केसी नवौ पटक अनसन बसेका छन् ।

सरकारबाट सहमति कार्यान्वयनको ठोस प्रतिवद्धता नआएको भन्दै डा. गोविन्द केसी सोमबार चार बजेदेखि त्रिवि शिक्षण अस्पतालमा आमनरण अनसनमा बसेका हुन् ।

‘यो परिस्थितिमा हाम्रा मागहरु थप दबाबविना पूरा नहुने देखिएकाले आज दिनको ४ बजेदेखि म आमरण अनसन बसेको घोषणा गर्दछु । सञ्चारकर्मी, बुद्धिजीवी र आम नागरिकहरुबाट यो सत्य र न्यायको लडाइँमा विगतमा झैं निरन्तर सहयोग, सद्भाव र सहभागिताको अपेक्षा गर्दछु, धन्यवाद,’ सोमबार डा. केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यसअघि असोज ३ गतेबाट अनसन बस्ने भनेका थिए । तर, सरकारले सहमति कार्यान्वयनको प्रक्रिया सुरु भएको जानकारी गराएपछि डा. केसीले एक साताका लागि स्थगित गरेका थिए ।

डा. केसीले राखेका ४ बुँदे माग यस्ता छन् 

१- सरकार समक्ष हामीले पेश गरेका सुझावअनुरुप संशोधन गरी चिकित्सा शिक्षा ऐन संसदको यही अधिवेशनबाट तुरुन्त पारित गरियोस् ।

२- अदुअआ प्रमुख आयुक्त लोकमान सिंह कार्की र आयुक्त राजनारायण पाठकमाथि तत्काल महाभियोगको प्रक्रिया अघि बढाइयोस् ।

३- मेडिकल शिक्षाको शुल्क माथेमा कार्यदलले निर्धारित गरे बमोजिम तथा पछिल्लो सम्झौताबमोजिम कायम गर्दै पछिल्लो चोटि निजी मेडिकल कलेजका प्रतिनिधिहरुद्वारा बनाइएको कथित समितिको निर्णय खारेज गरियोस् ।

४- अघिल्लो पल्ट भएको सम्झौताका बाँकी बुँदा तत्काल कार्यान्वयन गरियोस्, आइओएममा तत्काल वरिष्ठताका आधारमा डिन नियुक्ति गरियोस्,चिकित्सा शिक्षा ऐनको मर्मविपरीत संसदमा विचाराधीन प्रक्रिया फिर्ता गरियोस् र आइओएमका भ्रष्ट पूर्व पदाधिकारीमाथि तत्काल छानविन र कारवाही अघि बढाइयोस् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने