२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

सेन्तेरेम् मै सकिने भो अनुदान

११ आश्विन २०७३, मंगलवार ०४:१०

ओखलढुंगा |

ओखलढुंगा सदरमुकाममा विगतभन्दा आजभोली निकै चहल-पहल बढेको र गाँउ-गाँउदेखि भूकम्प पीडितहरु अनुदान बुझ्न सदरमुकाम आईपुगेको विषय त सामान्य नै हो । तर यहाँ देखिने केहि दृष्यभने अलि असामान्य नै देखियो । अनुदान लिन आएका अधिकांश बिहान चियाको सट्टा अनि बेलुका पनि मध्येरातसम्म पनि मदिरा सेवन गरेर बस्ने गरेको पाईयो । हुन पनि बल्ल-बल्ल सदरमुकाम आउने अवसर पाएको, विना दु:ख, हैरानी गोजीभरि पैसा पाएको बेला, बास बस्ने होटलहरुमा लोकल ठर्रादेखि व्लाक लेबल, रेड लेवल……… सम्मका मदिराहरु चटक्क सजाएर राखेको अनि कुखुरा, खसी र राँगाको मासु परपर….. भुटेको देख्दा नखाई बस्न के मन मान्थ्यो र ? पीडितको ।

फेरी भूकम्पले पीडित भएपनि मनका धनीहरु । आफुमात्रै खाँदैनन्, आफुसँग आएका, भएका, चिनेका र भेटेका सबैलाई भो-भो भन्ने अवस्थासम्म पनि खुवाउँछन् । जव-जव नशा चड्दै जान्छ, तब झन-झन रौसिएर मदिरा सेवन गर्नेहरुको जमात पनि यतिबेला सदरमुकाममा ठुलै भेटिन्छ । कतिपय त अनुदान बुझेको १५ दिन वितिसक्दा पनि अहिले सम्म सदरमुकाममै बसिरहेका छन् ।

अधिकांश पीडितहरु त मदिरा सेवन गरेर अनुदान बुझ्न बैङ्कको लाईनमा बसेको भेटिन्छ । ‘सबै खाएरै आउँछन्, थामि-साध्यै भएन ।’ बैङ्कका सुरक्षा गार्डको भनाई । यस्तो सुन्दै गर्दा मलाई लाग्यो- के ओखलढुंगा पुरै रक्सी नै रक्सी खानेहरुको जिल्ला हो त ? अँह होईन । अनि होईन भने सदरमुकाममा देखिएका दृष्यहरु चाँहि के हुन् त ? म आफैँ भित्र यतिबेला विचारको द्धन्द्ध चलिरहेको छ । 


वास्तवमा ५० हजारसँग रक्सीको सम्बन्ध कति धेरै ? कतिपय अनुदान लिन सदरमुकाम आई नपुग्दै बाटैमा लडेर बसेका छन् । कतिपय बैङ्कमा लाईन बस्दा पनि खुट्टा टेक्न नसकेर भुईमा लम्पसार परेर सुतिरहेका भेटिन्छन् । अझ कतिपय त सदरमुकामका होटलहरुमा मदिराको स्वाद लिँदै जुवातास खेलेर समय विताईरहेका छन् ।

 ‘अनुदान त बजारमै रक्सी खाएर सक्ने भए’ धेरैले यसै भनेर चिन्ता व्यक्त गरिरहेका छन् ‘आधाले पनि घर पुर्याउँदैनन् होला ।’ अनुदान वितरण शुरु भएपछि १५ दिन यता सदरमुकाम ओखलढुंगाका होटल र पसल खचाखच भरिएका छन् । 

अधिकांश लाभग्राही साथी वा परिवारका सदस्यसहित अनुदान लिन एक हप्तादेखी सदरमुकाममै बसेका छन् । बजारमै अहिले सबैभन्दा धेरै मदिराको कारोबार भएको व्यवसायीहरु बताउँछन् । बैँकमा अनुदान लिन आउने अधिकांश लाभग्राही मदिराले मातेपछि मात्रै रकम बुझ्न लाइनमा बस्ने गर्छन् । 

अपराह्नको ४ नबज्दै भुकम्प पीडित मादक पदार्थ सेवा गरेर बजारभरि हल्ला गर्दै हिडेको भेटिन्छन् । अनुदान बुझेका लाभग्राही धेरैले उक्त रकम खानपिन र किनमेलमै खर्च गरेको देखियो । ‘खान चाही पुग्छ, दशैं खर्च धान्छ होला’ केहि लाभग्राहीहरु मदिराका सुरमा भन्छन् । यसरी सरकारले भुकम्प प्रतिरोधी आवाश निर्माणका लागि दिएको अनुदान सदरमुकाममै ‘सदुपयोग’ हुने निश्चितै छ । घर बन्ने बनाउने कुरा एउटा हो, तर भुकम्प पीडितका टहरामा यसपालिको दशैंमा भने धेर-थोर मदिराबाट बँचेको पैसाले मासु-भात चाँही अवश्य पाक्ने देखिन्छ ।

भूकम्प पीडितहरुले अहिले रकम सेन्तेरेममा सकेपनि सरकारले अर्को किस्ता रकम उपलब्ध गराउनु अघि पहिलो किस्ता रकमको सदुपयोग भए नभएको अनुगमन गर्ने छ । यदि पहिलो किस्ता रकम दुरुपयोग गरेको पाईएमा बाँकि अरु अनुदान रोक्का हुने र पहिलो किस्ता वापतको रकम पनि सरकारले फिर्ता गराउनेछ । त्यसैले अनावश्यक खर्च गरेर अनुदानको रकम सक्नु भन्दा पनि अवास निर्माणको काम थाल्नु बुद्धिमानी हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य