२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

सेन्तेरेम् मै सकिने भो अनुदान

२०७३, ११ आश्विन मंगलवार ०४:१०

ओखलढुंगा |

ओखलढुंगा सदरमुकाममा विगतभन्दा आजभोली निकै चहल-पहल बढेको र गाँउ-गाँउदेखि भूकम्प पीडितहरु अनुदान बुझ्न सदरमुकाम आईपुगेको विषय त सामान्य नै हो । तर यहाँ देखिने केहि दृष्यभने अलि असामान्य नै देखियो । अनुदान लिन आएका अधिकांश बिहान चियाको सट्टा अनि बेलुका पनि मध्येरातसम्म पनि मदिरा सेवन गरेर बस्ने गरेको पाईयो । हुन पनि बल्ल-बल्ल सदरमुकाम आउने अवसर पाएको, विना दु:ख, हैरानी गोजीभरि पैसा पाएको बेला, बास बस्ने होटलहरुमा लोकल ठर्रादेखि व्लाक लेबल, रेड लेवल……… सम्मका मदिराहरु चटक्क सजाएर राखेको अनि कुखुरा, खसी र राँगाको मासु परपर….. भुटेको देख्दा नखाई बस्न के मन मान्थ्यो र ? पीडितको ।

फेरी भूकम्पले पीडित भएपनि मनका धनीहरु । आफुमात्रै खाँदैनन्, आफुसँग आएका, भएका, चिनेका र भेटेका सबैलाई भो-भो भन्ने अवस्थासम्म पनि खुवाउँछन् । जव-जव नशा चड्दै जान्छ, तब झन-झन रौसिएर मदिरा सेवन गर्नेहरुको जमात पनि यतिबेला सदरमुकाममा ठुलै भेटिन्छ । कतिपय त अनुदान बुझेको १५ दिन वितिसक्दा पनि अहिले सम्म सदरमुकाममै बसिरहेका छन् ।

अधिकांश पीडितहरु त मदिरा सेवन गरेर अनुदान बुझ्न बैङ्कको लाईनमा बसेको भेटिन्छ । ‘सबै खाएरै आउँछन्, थामि-साध्यै भएन ।’ बैङ्कका सुरक्षा गार्डको भनाई । यस्तो सुन्दै गर्दा मलाई लाग्यो- के ओखलढुंगा पुरै रक्सी नै रक्सी खानेहरुको जिल्ला हो त ? अँह होईन । अनि होईन भने सदरमुकाममा देखिएका दृष्यहरु चाँहि के हुन् त ? म आफैँ भित्र यतिबेला विचारको द्धन्द्ध चलिरहेको छ । 


वास्तवमा ५० हजारसँग रक्सीको सम्बन्ध कति धेरै ? कतिपय अनुदान लिन सदरमुकाम आई नपुग्दै बाटैमा लडेर बसेका छन् । कतिपय बैङ्कमा लाईन बस्दा पनि खुट्टा टेक्न नसकेर भुईमा लम्पसार परेर सुतिरहेका भेटिन्छन् । अझ कतिपय त सदरमुकामका होटलहरुमा मदिराको स्वाद लिँदै जुवातास खेलेर समय विताईरहेका छन् ।

 ‘अनुदान त बजारमै रक्सी खाएर सक्ने भए’ धेरैले यसै भनेर चिन्ता व्यक्त गरिरहेका छन् ‘आधाले पनि घर पुर्याउँदैनन् होला ।’ अनुदान वितरण शुरु भएपछि १५ दिन यता सदरमुकाम ओखलढुंगाका होटल र पसल खचाखच भरिएका छन् । 

अधिकांश लाभग्राही साथी वा परिवारका सदस्यसहित अनुदान लिन एक हप्तादेखी सदरमुकाममै बसेका छन् । बजारमै अहिले सबैभन्दा धेरै मदिराको कारोबार भएको व्यवसायीहरु बताउँछन् । बैँकमा अनुदान लिन आउने अधिकांश लाभग्राही मदिराले मातेपछि मात्रै रकम बुझ्न लाइनमा बस्ने गर्छन् । 

अपराह्नको ४ नबज्दै भुकम्प पीडित मादक पदार्थ सेवा गरेर बजारभरि हल्ला गर्दै हिडेको भेटिन्छन् । अनुदान बुझेका लाभग्राही धेरैले उक्त रकम खानपिन र किनमेलमै खर्च गरेको देखियो । ‘खान चाही पुग्छ, दशैं खर्च धान्छ होला’ केहि लाभग्राहीहरु मदिराका सुरमा भन्छन् । यसरी सरकारले भुकम्प प्रतिरोधी आवाश निर्माणका लागि दिएको अनुदान सदरमुकाममै ‘सदुपयोग’ हुने निश्चितै छ । घर बन्ने बनाउने कुरा एउटा हो, तर भुकम्प पीडितका टहरामा यसपालिको दशैंमा भने धेर-थोर मदिराबाट बँचेको पैसाले मासु-भात चाँही अवश्य पाक्ने देखिन्छ ।

भूकम्प पीडितहरुले अहिले रकम सेन्तेरेममा सकेपनि सरकारले अर्को किस्ता रकम उपलब्ध गराउनु अघि पहिलो किस्ता रकमको सदुपयोग भए नभएको अनुगमन गर्ने छ । यदि पहिलो किस्ता रकम दुरुपयोग गरेको पाईएमा बाँकि अरु अनुदान रोक्का हुने र पहिलो किस्ता वापतको रकम पनि सरकारले फिर्ता गराउनेछ । त्यसैले अनावश्यक खर्च गरेर अनुदानको रकम सक्नु भन्दा पनि अवास निर्माणको काम थाल्नु बुद्धिमानी हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश