असोज ११, चितवन । चितवनमा फेरि डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । गएको एक महिनामै २१ जनामा डेङ्गु रोगको सङ्क्रमण भएको पाइएको छ । 

जिल्ला जनस्वास्थ्य क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ११, चितवन । चितवनमा फेरि डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । गएको एक महिनामै २१ जनामा डेङ्गु रोगको सङ्क्रमण भएको पाइएको छ । 

जिल्ला जनस्वास्थ्य क"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चितवनमा फेरि डेङ्गु, २१ जनामा सङ्क्रमण

११ आश्विन २०७३, मंगलवार ०५:५७

असोज ११, चितवन । चितवनमा फेरि डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । गएको एक महिनामै २१ जनामा डेङ्गु रोगको सङ्क्रमण भएको पाइएको छ । 

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी नरहरि शर्माले दिएको जानकारी अनुसार १५० जनाको रगत परीक्षणमा २१ जनामा डेङ्गु पाइएको हो । 

वैशाखदेखि साउनसम्म यहाँ डेङ्गु देखिएको थिएन । अघिल्लो वर्ष भदौ महिनामा जम्मा पाँच जनामा मात्रै सङ्क्रमण भएको थियो । भदौको पहिलो सातादेखि असोजको अहिलेसम्म करिब एक महिनाको अवधिमा २१ जनामा सङ्क्रमण भएको पाइएको र त्यसमा ११ जना महिला रहेका छन् । 

पुष्टि भएकामा दुई जना मात्रै बाहिरी जिल्लाका रहेका छन् । जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले सङ्क्रमितमध्ये १२ जना रत्ननगरका बिरामी फेला परेको बताउनुभयो । 

“यसपालि रत्ननगर नगरपालिका क्षेत्रमा धेरै पाइएको छ, त्यसैले सचेतना कार्यक्रम सुरु गरेका छौँ, केसीले भन्नुभयो, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडाको टोलीले समेत डेङ्गुको अवस्थाको अध्ययन गरेको छ ।” 

सङ्क्रमित भएकामध्ये नारायणी सामुदायिक अस्पतालका १६, भरतपुर अस्पतालका दुई र चितवन मेडिकल कलेजमा तीनजना बिरामी छन् । विगतका वर्षमा भरतपुर उपमहानगरमा धेरै सङ्क्रमित हुने गरेकोमा यसपटक रत्ननगरमा बढेको पाइएको छ । 

डेङ्गु रोगको सङ्क्रमण बढ्ने आशङ्कामा अहिले निःशुल्क परीक्षणका लागि सरकारले भरतपुर अस्पताललाई ५० वटा डेङ्गु कीट उपलब्ध गराएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामार्फत चितवनमा डेङ्गुको निःशुल्क परीक्षणका लागि ५० वटा कीट उपलब्ध गराइएको हो । 

विसं २०६७ मा चितवनमा महामारीको रुपमा फैलिँदा डेङ्गु रोगका कारण पाँच जनाको मृत्यु भएको थियो भने ७३९ जना बिरामी भएका थिए । अघिल्लो वर्ष ८५ जनामा सङ्क्रमण भएको तथ्याङ्क छ । 

अहिले सङ्क्रमण फैलिएपछि चितवनमा सचेतना कार्यक्रम सुरु भएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । एडिस एजेप्टाइ जातको सङ्क्रमित पोथी लामखुट्टेले टोकेमा डेङ्गु सर्ने भएकाले लामखुट्टेबाट बच्न चिकित्सकले आग्रह गरेका छन् । जमेको सफा पानीमा यो लामखुट्टे हुर्कने भएकाले भाडाको पानी जम्न दिनुहुँदैन । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल