असोज ११, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपाल प्रज्ञा –प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतिसहितका पदाधिकारीले आज भेटी प्रतिष्ठानलाई थप बजेट सहयोग "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ११, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपाल प्रज्ञा –प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतिसहितका पदाधिकारीले आज भेटी प्रतिष्ठानलाई थप बजेट सहयोग "/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थप आर्थिक सहयोग गर्न प्रज्ञा–प्रतिष्ठानको आग्रह

११ आश्विन २०७३, मंगलवार ०६:४६

असोज ११, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपाल प्रज्ञा –प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतिसहितका पदाधिकारीले आज भेटी प्रतिष्ठानलाई थप बजेट सहयोग गर्न आग्रह गर्नुभएको छ । 

प्रतिष्ठानका पदाधिकारीले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रज्ञा–प्रतिष्ठानले मनाउन लागेको हीरक जन्मोत्सवका लागि आवश्यक खर्च र राष्ट्रिय प्रतिभा उपचार कोषका लागि आर्थिक सहयोगको माग गर्नुभएको थियो । 

प्रतिष्ठानका सदस्य सचिव डा जीवेन्द्रदेव गिरीका अनुसार प्रतिष्ठानका संरक्षक प्रधानमन्त्रीलाई आफूहरुले हीरक जन्मोत्सवमा साहित्यकारलाई सम्मान गर्ने र पुरानो पुस्तकालयलाई व्यवस्थापनका लागि आर्थिक सहयोग उपलब्ध गराइदिन अनुरोध गरिएको बताउनुभयो । 

जवाफमा प्रधानमन्त्री दाहालले आफू प्राज्ञिक उन्नयनका पक्षमा रहेको र प्रतिष्ठानका लागि आवश्यक सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

सदस्य सचिव गिरीले भन्नुभयो – “प्रधानमन्त्रीसँग हामीले राष्ट्रिय प्रतिभा उपचार कोषमा आर्थिक सहयोग गर्न र आजीवन सदस्यका लागि भत्ताको प्रबन्ध मिलाइदिन अनुरोध ग¥यौँ, जवाफमा उहाँले त्यसका लागि आफू सकारात्मक रहेको भएको बताउनुभयो ।” 

संवैधानिक मूलधार निर्माण गर्न सुझाव 

प्रधानमन्त्री दाहालसँग आजै मानवअधिकारकर्मीको टोलीले भेटी संवैधानिक मूलधार निर्माण गरी शान्ति प्रक्रिया टुङ्याउन सुझाव दिएको छ । प्रधानमन्त्री निवास बालुवाटार पुगेर उहाँहरुले प्रधानमन्त्रीले पाउनुभएको यस अवसरलाई सदुपयोग गरी शान्ति प्रक्रिया पूरा गर्न सघन प्रयास गर्न सुझाव दिनुभएको हो । 

भेटमा सहभागी पूर्वसभामुख दमननाथ ढुङ्गानाले रासससँग भन्नुभयो – “प्रधानमन्त्रीलाई संवैधानिक मूलधार निर्माण गर्नका लागि आन्दोलनरत दल र प्रतिपक्षसँग सघन वार्ता गर्न आग्रह गरेका छौँ ।” उहाँले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न र मधेसी तथा जनजातिलाई यसै संविधानमा आउने अवस्था सिर्जना गर्ने वातावरण बनाउन भनेका छौँ भन्नुभयो । 

जवाफमा प्रधानमन्त्रीले टोलीको सुझावप्रति धन्यवाद ज्ञापनका साथ शान्ति प्रक्रियामा मानवअधिकारक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द