असोज ११, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपाल प्रज्ञा –प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतिसहितका पदाधिकारीले आज भेटी प्रतिष्ठानलाई थप बजेट सहयोग "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ११, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपाल प्रज्ञा –प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतिसहितका पदाधिकारीले आज भेटी प्रतिष्ठानलाई थप बजेट सहयोग "/>
२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थप आर्थिक सहयोग गर्न प्रज्ञा–प्रतिष्ठानको आग्रह

२०७३, ११ आश्विन मंगलवार ०६:४६

असोज ११, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपाल प्रज्ञा –प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतिसहितका पदाधिकारीले आज भेटी प्रतिष्ठानलाई थप बजेट सहयोग गर्न आग्रह गर्नुभएको छ । 

प्रतिष्ठानका पदाधिकारीले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रज्ञा–प्रतिष्ठानले मनाउन लागेको हीरक जन्मोत्सवका लागि आवश्यक खर्च र राष्ट्रिय प्रतिभा उपचार कोषका लागि आर्थिक सहयोगको माग गर्नुभएको थियो । 

प्रतिष्ठानका सदस्य सचिव डा जीवेन्द्रदेव गिरीका अनुसार प्रतिष्ठानका संरक्षक प्रधानमन्त्रीलाई आफूहरुले हीरक जन्मोत्सवमा साहित्यकारलाई सम्मान गर्ने र पुरानो पुस्तकालयलाई व्यवस्थापनका लागि आर्थिक सहयोग उपलब्ध गराइदिन अनुरोध गरिएको बताउनुभयो । 

जवाफमा प्रधानमन्त्री दाहालले आफू प्राज्ञिक उन्नयनका पक्षमा रहेको र प्रतिष्ठानका लागि आवश्यक सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

सदस्य सचिव गिरीले भन्नुभयो – “प्रधानमन्त्रीसँग हामीले राष्ट्रिय प्रतिभा उपचार कोषमा आर्थिक सहयोग गर्न र आजीवन सदस्यका लागि भत्ताको प्रबन्ध मिलाइदिन अनुरोध ग¥यौँ, जवाफमा उहाँले त्यसका लागि आफू सकारात्मक रहेको भएको बताउनुभयो ।” 

संवैधानिक मूलधार निर्माण गर्न सुझाव 

प्रधानमन्त्री दाहालसँग आजै मानवअधिकारकर्मीको टोलीले भेटी संवैधानिक मूलधार निर्माण गरी शान्ति प्रक्रिया टुङ्याउन सुझाव दिएको छ । प्रधानमन्त्री निवास बालुवाटार पुगेर उहाँहरुले प्रधानमन्त्रीले पाउनुभएको यस अवसरलाई सदुपयोग गरी शान्ति प्रक्रिया पूरा गर्न सघन प्रयास गर्न सुझाव दिनुभएको हो । 

भेटमा सहभागी पूर्वसभामुख दमननाथ ढुङ्गानाले रासससँग भन्नुभयो – “प्रधानमन्त्रीलाई संवैधानिक मूलधार निर्माण गर्नका लागि आन्दोलनरत दल र प्रतिपक्षसँग सघन वार्ता गर्न आग्रह गरेका छौँ ।” उहाँले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न र मधेसी तथा जनजातिलाई यसै संविधानमा आउने अवस्था सिर्जना गर्ने वातावरण बनाउन भनेका छौँ भन्नुभयो । 

जवाफमा प्रधानमन्त्रीले टोलीको सुझावप्रति धन्यवाद ज्ञापनका साथ शान्ति प्रक्रियामा मानवअधिकारक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने