असोज ११, काठमाडौँ । ‘जारको पानी पिउन योग्य हुन्छ’ भनी ढुक्क सम्झेर नपिउनुहोला, जारमा भरिएका अधिकांश पानी पिउन योग्य छैनन् । पिउन अयोग्य मात्र होइन, ती कतिपय जार "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ११, काठमाडौँ । ‘जारको पानी पिउन योग्य हुन्छ’ भनी ढुक्क सम्झेर नपिउनुहोला, जारमा भरिएका अधिकांश पानी पिउन योग्य छैनन् । पिउन अयोग्य मात्र होइन, ती कतिपय जार "/>
२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वास्थ्य सेवा विभागले भन्यो-, ‘जारका पानी पिउन योग्य छैनन्’

२०७३, ११ आश्विन मंगलवार ०९:२९

असोज ११, काठमाडौँ । ‘जारको पानी पिउन योग्य हुन्छ’ भनी ढुक्क सम्झेर नपिउनुहोला, जारमा भरिएका अधिकांश पानी पिउन योग्य छैनन् । पिउन अयोग्य मात्र होइन, ती कतिपय जार र बोतलका पानीमा हैजा र झाडापखालाका किटाणु समेत भेटिएका छन् । 

बोतल तथा जार एसोसिएसनका अध्यक्ष सुवास भण्डारीका अनुसार अहिले काठमाडौँ उपत्यकाभित्र एक लाख २० हजार जार र दुई लाख बोतलका पानी दैनिक रुपमा खपत भइरहेका छन् ।

हैजा नियन्त्रण बारेमा गुथि संस्थाद्वारा आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका उपनिर्देशक डा गुणनिधि शर्माले यस पटक उपत्यकामा देखिएका अधिकांश हैजा असुरक्षित पानीका कारण भएको बताए ।काठमाडाैं, ललितपुर, भक्तपुर र धादिङ जिल्लामा असार, साउन र भदौमा यस पटक एक सय ४५ जनामा हैजाको किटाणु भेटिएको थियो । तीमध्ये २४ प्रतिशत विद्यालयका बालबालिका थिए । सबैभन्दा बढी निर्माण कामदारमा हैजा देखिएको डा शर्माले जानकारी दिए ।

अहिले उपत्यकाको जनसङ्ख्या ४० लाखको हारहारीमा पुगिसकेको बताइन्छ । “खानेकुरा र सरसफाइभन्दा पानीकै कारण उपत्यकामा हैजाका बिरामी भेटियो । हैजाका बिरामीमध्ये अधिकांशले धाराको पानी र जारका पानी सिधै पिउनाले हैजाबाट सङ्क्रमित भए ”उनले भने । 

डा शर्माले कम्पनीले पिउनयोग्य भनी सिलछाप गरेका जार र बोतलका पानीको परीक्षण गर्दा ५० प्रतिशत जारका पानी पिउन अयोग्य भटिएको जानकारी दिए । पानी उपभोक्ताले प्रयोग गर्नुपूर्व स्वयम् पानी उत्पादन गर्ने कं, गुणनियन्त्रण विभाग र स्वास्थ्य सेवा विभागले गुणस्तरका बारेमा परीक्षण गर्नुपर्ने प्रावधान रहिआएको छ ।

यस पटक उपत्यकाभित्र काठमाडौँको बाफल क्षेत्रमा सर्वप्रथम हैजाको सङ्क्रमण देखिएको थियो । यसपछि काठमाडाैंका डल्लु, सामाखुसी, डाँछी, त्रिपुरेश्वर, सुनधारा, थानकोट तथा ललितपुरका गोदावरी, लगनखेल, बालकुमारी थैव, ठेचो, भैँसेपाटी र धापाखेलमा यसका बिरामी भेटिएको थियो । 

कार्यक्रममा काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका गुणस्तर शाखाका प्रमुख ज्ञानेन्द्र कार्कीले ट्यांकरका तुलनामा जारको पानीको गुणस्तर हुने भए पनि सिधै पिउन योग्य नहुने बताए । उनले पानी व्यवसायीले बोतलको पानीमा जस्तै जारको पानीको गुणस्तरमा ध्यान दिन आग्रह समेत गरे । 

खानेपानी तथा ढल निकास विभागका पानी गुणस्तर शाखाका प्रमुख नारायणप्रसाद खनालले खानेपानी सुरक्षा योजनालाई प्रभावकारी कार्यान्वयन गर्दै उपभोक्तालाई जलजन्य रोगका बारेमा जनचेतना जगाउन आवश्यक भएको बताए ।

विश्व स्वास्थ्य सङ्गठनमा पानीको गुणस्तरमा कार्यरत विज्ञ डा सुदन पन्थीले जारको पानी ढुक्कसित पिउन सक्ने अवस्था नरहेको आफ्नो अध्ययनले समेत पुष्टि गरेको जानकारी दिए ।

ट्यांकर व्यवसायी विष्णु दाहाल, उपेन्द्र पाठक तथा अध्यक्ष भण्डारीले पानीकै कारणै उपत्यकामा हैजाको सङ्क्रमण नदेखिएको स्पष्ट पार्दै तरकारी तथा अन्य खाद्य पदार्थका कारण हैजा देखिएको बताए । उहाँहरुले ५० प्रतिशत जारका पानी पिउन अयोग्य नभएको जिकिर समेत गरे । 

गुथिका संयोजक प्रकाश अमात्यले हैजा सङ्क्रमण हुन नदिन तथा रोग नै देखा पर्न नदिन पानी व्यवसायी, सरकार तथा उपभोक्ताले एकले अर्कालाई दोषारोपण गरेर भन्दा सहकार्य गर्नु आवश्यक रहेकामा जोड दिए।

कार्यक्रममा ललितपुरका जनस्वास्थ्य अधिकृत झलक पौडेल तथा एन्फोका कार्यकारी निर्देशक विपीन डङ्गोलले पानी शुद्धीकरणका विधि र प्रक्रियाका बारेमा सचेतनाका कार्यक्रम आवश्यक रहेकामा जोड दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से