१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वार्षिक ८० हजारले सुरक्षित गर्भपतन गराउँछन्

१२ आश्विन २०७३, बुधबार ०६:०४

असोज १२, काठमाडौँ । नेपालमा वार्षिक ८० हजारले सुरक्षित गर्भपतन सेवा लिने गरेको एक अध्ययनले देखाएको छ । 

सुरक्षित गर्भपतन सेवा दिवस–२०७३ का अवसरमा यस क्षेत्रमा कार्यरत संस्था कृपाले मङ्गलबार प्रसूतिगृहमा आयोजना गरेको पत्रकारसम्मेलनमा वार्षिक ६ लाख गर्भवती हुनेमा ८० हजारले सुरक्षित गर्भपतन सेवा लिने गरेको जानकारी दिइयो । 

प्रसूतिगृहका निर्देशक डा जागेश्वर गौतमले सो अस्पतालमा सन् २००४ देखि सुरक्षित गर्भपतन सेवा दिन थालिएको जानकारी दिँदै आर्थिक वर्ष २०७२÷७३ मा औजारबाट र औषधिको प्रयोगबाट दुई हजार ६९६ जनाले गर्भपतन सेवा लिएको बताउनुभयो । 

उहाँका अनुसार नेपालमा हुने मातृमृत्युदरको तेस्रो कारण असुरक्षित गर्भपतन हो । उहाँले भन्नुभयो–“अस्पताल वा स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा उपलब्ध भएको कुरा नै महिलालाई जानकारी नहुने कारण धेरै महिलाले असुरक्षित गर्भपतन गर्ने र मृत्युसमेत हुने गरेको छ । कतिपय अवस्थामा असुरक्षित गर्भपतन गराई क्रिटिकल कन्डिसनमा अस्पतालमा ल्याउने गरेको पनि भेटिन्छ ।” 

कृपा संस्थाका वरिष्ठ पैरवी तथा तालिम अधिकृत प्रभाकर श्रेष्ठले कानुनले बन्देज लगाए पनि लिङ्ग पहिचान गरेर गर्भपतन गराउनेक्रम नरोकिएको बताउनुभयो । उहाँले छोरा र छोरीबीचको भिन्नतालाई हेर्ने दृष्टिकोणमा परिवर्तन नभएसम्म यो क्रम चलिरहने भएकाले मानिसको सोचमा नै परिवर्तन हुनुपर्नेमा जोड दिनुभयो । 

सेप्टेम्बर २८ का दिन विश्वमा सुरक्षित गर्भपतन दिवस मनाउने गरिएको छ । नेपालमा पनि २६ सेप्टेम्बर अर्थात् असोज १० का दिन मुलुकी ऐनको ११ औँ संशोधनपश्चात् गर्भपतनले कानुनी मान्यता पाएको दिनलाई स्मरण गर्दै आज नै यो दिवस मनाइन्छ । बुधबार विभिन्न कार्यक्रम गरी नेपालमा पनि सुरक्षित गर्भपतन दिवस मनाइँदैछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल