८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीमा वैकल्पिक विद्यालय सञ्चालनमा समस्या

१२ आश्विन २०७३, बुधबार ०६:४३

असोज १२, म्याग्दी । प्रौढलाई औपचारिक शिक्षा प्रदान गर्न बेनीमा स्थापित वैकल्पिक विद्यालय सञ्चालनमा समस्या भएको छ । 

पारिवारिक, सामाजिक र आर्थिक लगायतका कारणले आधारभूत तहको औपचारिक शिक्षा हासिल गर्न नसकेकालाई शिक्षाको पहुँचमा ल्याउने उद्देश्यले २०७३ साल वैशाखमा उज्यालो वैकल्पिक विद्यालय स्थापना भएको थियो । 

दिगो आर्थिक स्रोतको अभावमा विद्यालयका शिक्षकलाई तलब खुवाउन र प्रशासनिक गतिविधि सञ्चालनमा समस्या भएको व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकुमार केसीले बताउनुभयो । 

चारजना शिक्षक कार्यरत विद्यालय सञ्चालन गर्न मासिक ५० हजार रुपैयाँ आवश्यक पर्छ । बेनी सामुदायिक माविअन्तर्गतको वैकल्पिक विद्यालय सञ्चालन गर्न म्याग्दी सामुदायिक पुस्तकालयलाई मासिक पाँच हजार रुपैयाँ भाडा तिरेर कोठा भाडामा लिइएको छ । 

दैनिक पाँच घन्टा पठनपाठन हुने सो विद्यालयमा ६१ जना विद्यार्थी छन् । धेरैजसो विद्यार्थी ४० वर्षभन्दा बढी उमेरका महिला छन् । उमेर छँदा लेखपढ गर्न नपाएका वैकल्पिक विद्यालयमा भर्ना भएर लेखपढ गर्न सिक्ने अवसर पाएका छन् । 

निरक्षर र बीचैमा पढाइ छाडेकालाई औपचारिक शिक्षाको पहुँचमा ल्याउन विद्यालय सहयोगी बनेको छ । शिक्षा मन्त्रालयले निर्धारण गरेको पाठ्यक्रम पढाइ हुने वैकल्पिक विद्यालयका विद्यार्थीले एसएलसी तहसम्मको अध्ययन गर्न पाउने व्यवस्था रहेको छ । 

विद्यालय सञ्चालनका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले चन्दा सङ्कलन अभियान सुरु गरेको अध्यक्ष केसीले बताउनुभयो । बेनीमा मङ्गलबार पत्रकारसम्मेलन गरेर व्यवस्थापन समितिले चन्दा सङ्कलन अभियानको घोषणा गरेको हो । 

हालसम्म विभिन्न सङ्घसंस्था र व्यक्तिबाट चार लाख ११ हजार ६६७ रुपैयाँ सहयोग घोषणा भएको छ । वी विल राइज संस्थाले रु एक लाख नगद र एक लाखको अक्षयकोष स्थापना गरेको छ । चन्दाबाट सङ्कलित रकम कोषमा राखेर त्यसको ब्याजबाट विद्यालय सञ्चालन गर्ने लक्ष्य राखिएको छ । 

म्याग्दी सामुदायिक पुस्तकालयमा पाँच हजार रुपैयाँ भाडा तिरेर पठनपाठन सञ्चालन गरिएको छ । जिल्ला शिक्षा कार्यालयले प्रौढ विद्यालयलाई वार्षिक एक लाख ९३ हजार रुपैयाँ सहयोग गर्ने व्यवस्था छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी