असोज १२, सिन्धुली । यातयात व्यवसायीले आज बिहान ९: ३० बजेदेखि बिपी राजमार्ग बन्द गराएका छन् । 

मार्ग इजाजतको माग गर्दै बिहानैदेखि यातायात व्यवसायील"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १२, सिन्धुली । यातयात व्यवसायीले आज बिहान ९: ३० बजेदेखि बिपी राजमार्ग बन्द गराएका छन् । 

मार्ग इजाजतको माग गर्दै बिहानैदेखि यातायात व्यवसायील"/>

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यातायात व्यवसायीद्वारा बिपी राजमार्ग बन्द

१२ आश्विन २०७३, बुधबार ०८:२०

असोज १२, सिन्धुली । यातयात व्यवसायीले आज बिहान ९: ३० बजेदेखि बिपी राजमार्ग बन्द गराएका छन् । 

मार्ग इजाजतको माग गर्दै बिहानैदेखि यातायात व्यवसायीले यहाँको राजमार्गमा सवारी साधन तेस्र्याएर बन्द गरेका हुन् । सरकारले अस्थायी मार्ग इजाजत दिने निर्णय गरे पनि मङ्गलबार धादिङमा भएको घटनालाई लिएर निर्णय परिवर्तन गरेपछि आफूहरुले बन्द गर्नुपरेको यातायात व्यवसायीले बताएका हुन् । 

सरकार आफैँले गरेको निर्णय कार्यान्वयन गराउनुको साटो उल्टै व्यवसायीलाई धरासायी बनाउन खोजेको बिपी यातायात सेवा समितिमा आबद्ध व्यवसायी पुरुषोत्तम शर्माले बताए । सरकारले तत्काल अस्थायी मार्ग इजाजत नदिएसम्म राजमार्ग बन्द गराउने उनको भनाइ थियो । 

सिन्धुलीका बिपी यातायात, कमलामाई यातायात, हिमाल तराई यातायातलगायतका जिल्लाका झन्डै एक दर्जन यातायात व्यवसायीले मार्ग इजाजतको माग गर्दै बिपी राजमार्ग अवरुद्ध गरेका हुन् । 

यसैबीच जिल्ला सशस्त्र प्रहरी बल बेस क्याम्प सिन्धुलीका प्रहरी नायब उपरीक्षक यदुविक्रम कार्कीले राजमार्ग कुनै पनि हालतमा बन्द गर्न नपाइने बताए । 

यातायात व्यवसायीले बिपी राजमार्गको विभिन्न स्थानमा बस तेस्र्याएर गरेको बन्दले सिन्धुली हुँदै उदयपुर, झापा, मोरङ, हिलेबाट राजधानी हिँडेका दजनाँै यातायात सिन्धुलीमा रोकिएका छन् भने काठमाडौँबाट सिन्धुली हुँदै घर हिँडेका यात्रु पनि अलपत्रमा परेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ