१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खैरो हेरोइन सहित पाँच जना पक्राउ

१२ आश्विन २०७३, बुधबार १३:२०

असोज १२, काठमाडौँ । काठमाडौंका विभिन्न स्थानबाट अवैध लागुऔषध खैरो हेरोइन ४३.५ ग्राम र नगद ६८ हजारसहित लागुऔषध नियन्त्रण ब्यूरोका प्रहरीले मङ्गलबार पाँचजनालाई पक्राउ गरेको छ । 

काठमाडौँ–८ जयबागेश्वरी बस्ने सूर्य सङ्गतलाई काठमाडौँ–८ पिङ्गलास्थानस्थित सडक किनारमा बा.४१ प ३४०६ नम्बरको मोटरसाइकलमा बसिरहेको अवस्थामा खैरो हेरोइन सात ग्राम र उनलाई लागुऔषध बिक्री गर्ने बाँके नेपालगन्ज–१० का सुनिल गुप्तालाई तिलगङ्गाबाट ५.५ ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको हो । 

प्रारम्भिक अनुसन्धानपछि नेपालगन्जस्थित पानस फर्मास्युटिकल्स प्रालिका लाइजो अफिसर भएको खुल्न आएका गुप्ताले औषधि व्यवस्था विभाग बिजुलीबजार काठमाडौँमा दर्ता रहेको उक्त प्रालिको नाम लेखेको दराजभित्र लुकाइ राखिएको खैरो हेरोइन २२ ग्राम र डिजिटल तराजु एकथानसमेत फेला परेको छ । 

उनले काठमाडौँ गौशालास्थित साउथ एसियन गेस्ट हाउसको कोठा नम्बर २०८ मा बस्दै गरेका बाँके नेपालगन्ज–८ रानीतलाउका प्रकाश जोशी, नेपालगन्ज–५ का सद्दाम अन्सारी, नेपालगन्ज–१० का वीरेन्द्र सिंहलाई लागुऔषध बेचेको भन्ने सूचनाको आधारमा तीनै जनालाई हेरोइन नौग्राम र रु ६४ हजारसहित गेस्ट हाउसबाट प्रहरीले पक्राउ गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल