१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विभिन्न मुद्दामा फरार आठजना पक्राउ

१४ आश्विन २०७३, शुक्रबार ०५:३५

असोज १४, राजविराज । विभिन्न मुद्दामा फरार आठ प्रतिवादीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सप्तरी र जिल्ला अदालतबाट खटिएको संयुक्त टोलीले दुई दिनमा फरार आठ अभियुक्तलाई पक्राउ गरिएको प्रहरी भीमप्रसाद ढकालले बताउनुभयो । जिल्ला अदालत राजविराजबाट ज्यान मार्ने उद्योग मुद्दामा ६ महिना १८ दिन कैद पाएर विगत १६ वर्षदेखि फरार रहेका जोगिनिया–२ (हाल हनुमाननगर योगिनिमाई नपा–२) बस्ने खुसीलाल मण्डल र मिश्रीलाल मण्डललाई प्रहरीले पक्राउ गरेको छ । घरबाटै पक्राउ परेका उनीहरुलाई जिल्ला अदालतले २०५७ माघ १३ गते ६ महिना १८ दिन कैद तोकेको थियो । 

यस्तै, सप्तरीको लालापट्टी–७ बस्ने ६५ वर्षीया साबित्रादेवी खङ्गको हत्या आरोपमा सोही ठाउँका ३० वर्षीया पञ्चदेव खङ्गलाई समेत कर्तव्य ज्यान मार्ने मुद्दामा फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै, बोक्सी मुद्दा आरोपमा फरार पाँच प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको इनरुवा–५ का राजाराम मण्डल, रामेश्वर मण्डल, दीपक मण्डल, दुःखी मण्डल र ब्रह्मदेव मण्डल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

पक्राउ परेकालाई जिल्ला अदालतमा उपस्थित गराई राजविराजस्थित कारागारमा पठाइएको प्रहरी उपरीक्षक ढकालले बताउनुभयो । 


क्याम्पसमा चोरी

यसैबीच, सप्तरीको राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा बुधबार राति चोरी भएको छ । करिब मध्यरातमा पाँच÷छजनाको समूहमा आएका चोरले क्याम्पसभित्र रहेको छवटा भवनमा लगाइएको ताल्चा फुटाएको क्याम्पस प्रमुख सर्वेशचन्द्र मिश्रले जानकारी दिनुभयो । 

उहाँका अनुसार क्याम्पसमा राति दुईजना पाले सुतेपनि मध्यरातमा चोरले क्याम्पसको पश्चिमी गेटको ढोका तोडेर पसेको र क्याम्पसभित्र रहेका प्राध्यापक सङ्घको कोठा, क्याम्पसको पश्चिम ग्रिलको कोठा, जेनेरेटर कोठा, कम्प्युटर कोठा र माथिलो तल्लामा रहेको विज्ञान सङ्कायको कोठाको ताला फुटाइएको बताइएको छ । 

ती चोरले क्याम्पसमा ताला फुटाए पनि राति असजिलो भएपछि खासै सामान लान भने नपाएको क्याम्पस प्रमुख मिश्रले भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल