विरेन्द्र कर्ण/असोज १४, वीरगन्ज । लागुऔषध सेवनकर्ताका लागि सीमापारि भारतको रक्सौलमा रहेका औषधि पसलले कोरेस्क बार खोलेपछि नेपाली युवाका लागि त्यस्ता बार नशा गर्ने अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विरेन्द्र कर्ण/असोज १४, वीरगन्ज । लागुऔषध सेवनकर्ताका लागि सीमापारि भारतको रक्सौलमा रहेका औषधि पसलले कोरेस्क बार खोलेपछि नेपाली युवाका लागि त्यस्ता बार नशा गर्ने अ"/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रक्सौल नेपाली युवाकालागि नशासेवन गर्ने अखडा

१४ आश्विन २०७३, शुक्रबार ०५:४५

विरेन्द्र कर्ण/असोज १४, वीरगन्ज । लागुऔषध सेवनकर्ताका लागि सीमापारि भारतको रक्सौलमा रहेका औषधि पसलले कोरेस्क बार खोलेपछि नेपाली युवाका लागि त्यस्ता बार नशा गर्ने अखडाका रुपमा प्रयोग हुँदै आएका छन् । 

रक्सौलबजारको मयूरीगल्ली, डङ्कनरोड, पोस्टअफिस अड्डामा रहेका दर्जनौँ औषधि बिक्रेताले त्यस्तै बार सञ्चालन गरी आफ्ना ग्राहकलाई सेवा दिँदै आइरहेका छन् । त्यस्तो बारमा नियमित ग्राहक वीरगन्जका लागुऔषध सेवा गर्ने युवा हुन् । युवाका लागि लागुऔषध सेवन गर्न जाँदा औषधि पसलपछाडि बारमा पुग्दछन् जहाँ टेबुल, कुर्सी र पानीका बोतल राखिएको हुन्छ । युवाको मागअनुसार टेबुलमा लागुऔषध सजिलै आउने गर्दछ । 

बाहिर लागुऔषध सेवन गर्दा पक्राउ पर्ने डरले युवाले त्यस्तो बारको सहारा लिने गरेको वीरगन्ज छपकैयाका एक युवाले बताए । 

कुलतमा फसेका युवाका लागि यस्ता बार गन्तव्यस्थलका रुपमा विकसित हुँदै गइरहेका छन् । नेपाल–भारतबीच रहेको खुला सीमाका कारण लागुऔषध सेवन गर्ने सो सुरक्षित स्थानका रुपमा रहेको अर्का युवकले बताएका छन् । 

यस सम्बन्धमा भारत रक्सोलका एक प्रहरी अधिकृतसँग जिज्ञासा राख्दा उहाँले नाम नछाप्ने सर्तमा औषधि पसलले नै प्रेस्किृप्सनमा लेखेर दिने गरेकाले हामीले त्यस्ता युवालाई कारबाही गर्न सकेका छैनौँ भन्नुभयो । तर पर्साका प्रहरी उपरीक्षक राजबाबु श्रेष्ठले हामी नेपाली प्रहरीले मात्र केही गर्न सक्दैनौँ त्यसका लागि भारतीय प्रहरी पनि सक्रिय हुनुपर्ने बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालय पर्साको एक तथ्याङ्कअनुसार अघिल्लो वर्षको साउनदेखि चालु वर्षको भदौसम्म १६२ जना लागुऔषध ओसारपसार तथा सेवन गर्नेलाई पक्राउ गरी कारबाही गरिएको छ । लागुऔषध सेवनकर्ताको सङ्ख्या बढ्दै गएपछि त्यसलाई रोक्न नेपाल प्रहरी मात्र नभएर भारतीय प्रहरी पनि सक्रिय हुनुपर्ने वीरगन्जवासीको माग छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल